source: nawakantipur
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् ।
यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि विभिन्न दलसँग गठबन्धन गर्ने विषयमा छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा नआएपछि एमाले पनि अन्य दलहरुसँग गठबन्धन गर्न्ने योजनामा रहेको बुझिएको छ ।
भाषणमा जे भनिए पनि नेकपा एमालेलाई आसन्न निर्वाचनमा आफ्नो विरासत जोगाई राख्न तालमेलको आवश्यकता रहेको प्रष्ट छ । यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा माओवादी केन्द्रको साथ पाएको थियो ।
पछीलो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमले नजिकिदै गएको छ । केहि बिषेष श्रोतको अनुशार एमालेको राप्रपासँग नै तालमेल गर्ने छाटकाट देखिएको छ । अरु कुन दल आउने भन्ने अहिले सम्म पनि केहि जानकारी भने प्राप्त भएको छैन
यसैकारण एमालेले बहमुत ल्याएको थियो । तर यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र नेपाली काङ्ग्रेसलगायतसँगको गठबन्धनमा सामेल भएपछि एमालेलाई गठबन्धनको भय रहेको देखिन्छ, जसको कारण एमालेलाई विभिन्न साना दलहरुसँग तालमेल गर्नुको विकल्प देखिँदैन ।
त्यसैगरी ,सत्ता गठबन्धनमा खटपट भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि र प्रदेशसभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएपछि गठबन्धनमा विवाद आएको छ ।
उनीहरूले गठबन्धनबीच सिट बाँडफाँडका लागि सम्बन्धित दलले जितेका स्थानमा तीनै दलको भागमा पर्नुपर्ने अडान राख्दै आएका छन् । तर नेपाली काँग्रेसले भने स्थानीय निकायको मत परिणामलाई आधार मान्नुपर्नेमा जोड दिएको छ ।
जसपाले २०७४ मा जितेर बहालवाला सांसद रहेका ९ जनाको चुनावी क्षेत्र नछाड्ने अडान लिएको छ । उपेन्द्र यादवले थप १० क्षेत्र समेत मागेको बुझिएको छ । बाबुराम भट्टराई र महिन्द्र राय यादवले पनि आआफ्नो क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्न प्रचण्डसँग कुरा मिलाइसकेका छन् ।
बाबुरामले छोरी मानुषीका लागि काठमाडौंको कुनै एक क्षेत्र सुनिश्चित गर्न खोजेका छन् । त्यस्तै, जनमोर्चा नेपालले प्यूठान नछाड्ने भएको छ । उक्त क्षेत्रमा बामदेवको दाबी भएपनि जनमोर्चा टसमस भएको छैन ।
कांग्रेसले आफूहरुबाट बहालवाला सांसद रहेको क्षेत्र पनि दाबी गरेको भन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव असन्तुष्ट भएका छन् । उनीहरुले कुनै हालतमा पछि नहट्ने गरी अडान लिएका छन् ।
प्रकाशित मिति २०७९ असोज ३ गते सोमबार ०६:३२