राष्ट्रपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निष्कर्ष राजिनामा नदिए महाअभियोग

राष्ट्रपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निष्कर्ष राजिनामा नदिए महाअभियोग

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ५ गते बुधबार १२:५७

काडमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धन त्यसबारे अहिले छलफलमा जुटेका छन् । सत्ता गठबन्धनले राष्ट्रपतिको उक्त कदमलाई लिएर संयुक्त वक्तव्य जारी गर्ने भएको छ...

काडमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धन त्यसबारे अहिले छलफलमा जुटेका छन् । सत्ता गठबन्धनले राष्ट्रपतिको उक्त कदमलाई लिएर संयुक्त वक्तव्य जारी गर्ने भएको छ ।

संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेकी थिइन् । त्यससँगै राजनीतिबृत्तमा तरंग उत्पन्न भएको छ भने राष्ट्रपतिको उक्त कदमलाई राजनीतिक विश्लेषक तथा कानुनविद्हरुले संविधान मास्ने षडयन्त्र बताउन थालेका छन् ।

अहिले बिहान राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्ता साझेदार दलमध्येका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गर्ने बताए । उनले अहिले वक्तव्यको ड्राफ्ट तयार हुँदै गरेको बताए ।

राष्ट्रपति भण्डारीले कसैको इशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको खतिवडाको आरोप छ ।

प्रकाशित मिति २०७९ असोज ५ गते बुधबार १२:५७
प्रतिक्रियाहरु