मिराज अर्यालको निर्देशनमा ‘माया लाईसक्यो २’ प्रविन र सन्जीताको रोमान्स (भिडियो)

मिराज अर्यालको निर्देशनमा  ‘माया लाईसक्यो २’ प्रविन र सन्जीताको रोमान्स (भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख १ गते शुक्रबार ०९:२७

दुबई - नेपाली गीत संगीतको सांगीतिक बजार आज भोलि निकै फराकिलो भएको महसुस गर्न सकिन्छ दिनानु दिन प्रबिधि हरुको पनि बिकाश भएको देख्न सकिन्छ भने गीत संगीतको स्तर पनि निकै माथि पुगेको महसुस भएको छ। नया वर्षको अबसर पारेर निकै राम्रो गीत...

दुबई – नेपाली गीत संगीतको सांगीतिक बजार आज भोलि निकै फराकिलो भएको महसुस गर्न सकिन्छ दिनानु दिन प्रबिधि हरुको पनि बिकाश भएको देख्न सकिन्छ भने गीत संगीतको स्तर पनि निकै माथि पुगेको महसुस भएको छ।

नया वर्षको अबसर पारेर निकै राम्रो गीत माया लाईसक्यो २’ पनि आज नै सार्वजनिक गरिएको छ जसमा अहिलेका चर्चित गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वरमा सजिएको छ।

प्रविन बेडवालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाइ मिराज अर्यालको निर्देशन र सम्पादनमा बनेको म्युजिक भिडियोमा दुई प्रेमीबीचको सम्बन्ध देखाइएको छ ।

सिएल शर्माको म्युजिक र लेखन रहेको गीतमा स्वयः प्रविनले अभिनय गरेका छन् भने उनलाई सन्जीता खतिवडाले साथ दिएकी छिन् । साथै म्युजिक भिडियोमा अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ । गीतको एरेञ्ज सन्जिव वराइली र मिक्सिङ्ग किशोर थापाको रहेको छ ।

बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति २०८० बैशाख १ गते शुक्रबार ०९:२७
प्रतिक्रियाहरु