सभाको सभापतित्व समाजका अध्यक्ष वीर बा भुर्तेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन समाजका सचिव रमेश गुरुङले गर्नु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य समाजका कार्यसमिति सदस्य गणेश महताराले राख्नु भएको थियोे ।
२००५ बाट संखुवासभा समाज युएई स्थापना भए पनि विभिन्न कारणले समाजले गति तथा निरंतरता लिन नसकेर २०१८ बाट नियमित रूपमा काम कार्वाही अगाडी बढाइरहेको छ ।संखुवासभा जिल्ला बाट रोजगारीको सिलसिलामा युएई भरि कार्यरत संपुर्ण जिल्लाबासी दाजुभाइ दिदिबहिनीहरुको सारथि बन्ने प्रयासरत छ ।
स्थापना समयबाट नै संस्थाले आफ्नो जिल्लामा भईपरि आएका विभिन्न समस्याहरुमा संस्थाले सकेको आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आईरहेको छ र यो कार्य निरन्तर चलिरहने प्रतिबद्दताको जानकारी संस्थाका अध्यक्ष मार्फत सुचिकृत गरिएको छ ।
परदेशमा आफ्नो कार्यब्यस्तताका बाबजुद पनि भविष्यमा पर्नसक्ने बिभिन्न मानविय समस्यालाई एकजुट भएर समाधान गर्न सकिन्छ भन्ने अभिमतका साथ सबैले आफ्नो मेहनतको केहि अंश काटेर धेरै थोरै आर्थिक सहयोग जुटाऊदै र समस्यामा परेकालाई आर्थिक सहयोग गरेको धेरै अभिलेख छ्न।संखुवासभा समाजमा आबद्ध दाजुभाइ दिदिबहिनीहरुको एकता सहकार्य इमानदारिताले गर्दा नै समाजले एउटा उचाइ लिएको छ।
हिजोको तेश्रो साधारणसभाले १३ सदस्यीय सदस्य संख्या रहने गरि थप २ (दुई) उपसमिति खडा गरि २०२३ देखी २०२५ संमको लागि २ बर्षे नयाँ कार्य समितिको प्रस्तावलाई निर्विरोधले पारित गरिएको छ ।
अध्यक्ष- वीर बा भुर्तेल
उपाध्यक्ष – दिपेस राई
सचिब – तिर्थ बस्नेत
सह-सचिव – गणेश महतारा
कोषाध्यक्ष – प्रेम कुमार गुरुङ
सह कोषअध्यक्ष – गोबिन्द राना सह- कोषाध्यक्ष – ताराविर गुरुङ
सदस्य- बिजयलक्ष्मी तामांग
सदस्य- नरिता राई
सदस्य – काजि गुरुंग
सदस्य- रबिन्द्र गुरुंग
सदस्य- लोकमणी गुरुंग
सदस्य- सोनाम गुरुंग
सल्लाहकार समिति
१,श्री साजन ( टेकेन्द्र) राई = प्रमुख सल्लाहकार
२,रमेश कुमार गुरुङ = सदस्य
मानविय राहत तथा उद्गार कोष समिति:
संयोजक- नरिता राई
सदस्य – सोनाम गुरुङ
सदस्य -नगेन्द्र बस्नेत
समाजले नारीहरुको महान पर्व तिज बिसेस रमाइलो कार्यक्रम पनि गरेको थियो।बरदुबईबको द भोज नेपाली रेस्टुरेन्टको सभाहलमा बृहत संखुवासभालि दाजुभाइ दिदिबहिनीहरुको सहभागितामा मिठो र स्वादिलो खानाको साथमा कार्यक्रम समापनन गरिएको छ।
प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०६:३४