दुबई,युएइ – परदेशीको लोक चौतारी युएइ ११ वर्ष पुरा गरेको उपलक्ष्यमा सस्थाको बार्षिक उत्सब तथा तेस्रो अधिबेसन कार्यक्रम यहि १४ जुन २०२६ आइतबार वर दुबई स्थित गाउँबेशी रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न गर्ने तयारीलाई तीव्र बनाएको छ ।
संस्थाले अधिबेशनलाई सभ्य, भव्य तथा ऐतिहासिक बनाउन विभिन्न चरणका तयारीलाई अन्तिम रुप दिइरहेको जनाएको छ ।
परदेशीको लोक चौतारी युएइले विगतदेखि नै युएईमा रहेर नेपाली गीत संगीता परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उथान गर्दै समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सद्भाव कायम गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।
संस्थाले हालै आयोजना गरेको बृहत बोट कार्यक्रमको सफलतापछि तेस्रो अधिबेशनलाई लिएर पनि युएईबासी नेपालीहरुमा विशेष उत्साह देखिएको छ ।अधिबेशनमा युएईस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महासचिव दिपक बन्जाडे ज्युले जानकारी दिनुभयो । अधिबेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा तथा संस्थाको भावी योजना तय गरिने जनाइएको छ ।
संस्थाका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा सम्पन्न हुने अधिबेशनलाई सफल बनाउन प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, विभागीय प्रमुख तथा सम्पूर्ण कार्यसमिति सदस्यहरु सक्रिय रुपमा जुटिरहेका छन् ।
संस्थाले सम्पूर्ण युएईबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई अधिबेशनलाई सभ्य र भव्य बनाउन हार्दिक अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति २०८३ जेठ ३० गते शनिवार १२:१५