२० चैत, काठमाडौँ -: फ्लाइ दुबइबाट ल्याइएको ५१६ ग्राम सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।’अवैध रुपमा ल्याइएको सुन लिएर आउने र सुन लिन आउने दुईजनालाई पक्राउ गरेको एयरपोर्ट सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
उनले अनलाइखबरसँग भने,फ्लाइ दुबइबाट आएको यात्रुको साथबाट भन्सारले चेक गर्ने क्रममा ५१६ ग्राम सुन फेला परेको छ। ‘ उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय विष्णु भण्डारी र काभ्रेका कमल कृष्ण केसी रहेका छन्’ ।
उनीहरुलाई पार्किङ एरियाबाट नियन्त्रणमा लिइ भन्सारलाई बुझाएको एसपी बास्तोलाले बताए ‘।

यो पनि पढ्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वाग्मती प्रदेश सचिव आनन्दप्रसाद पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विखण्डनकारी भएको ठोकुवा गर्नुभएको छ । नेकपा रामेछापले आज सदरमुका मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका सचिव पोखरेलले तथ्यका आधारमा प्रचण्ड बिखण्डनकारी भएको ठोकुवा गर्नुभएको हो ।
‘प्रचण्डको काम नै पार्टी विभाजन गर्ने र पार्टी फुटाउने हो, उहाँलाई दिने सजाय भनेको आउने चुनावमा नांगेझार बनाउने हो,’ पोखरेलले भन्नुभयो । उहाँले अहिलेको लडाईं स्वाधिनता, राष्ट्रिय एकता संरक्षण र आत्मसमर्पणवाद रोक्नका लागि भएको पनि प्रष्ट पार्नुभयो । उहाँले प्रचण्डको बिखण्डनकारीबिरुद्ध देशलाई एकजुट बनाएर उभ्याउने कामसँगै केपी ओली कुनै एक व्यक्ति नभएर विचार र संगठनका रुपमा स्थापित हुनुभएको तथ्य पनि राख्नुभयो ।
‘नेपालको इतिहासमा कुनै पनि राष्ट्रवादी नेताको नाम लिनु पर्यो भने केपी ओली, टंकप्रसाद आचार्य, केआई सिंह, कीर्तिनिधि विष्टलगायत एकाध मानिसको नाम आउँछ, उहाँहरु सबै भारतको निशाना बन्नुभएको छ, पूर्वमन्त्री पोखरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर भारतीय षडयन्त्र चक्नाचुर पारिदिनुभएको ठोकुवा पनि गर्नुभयो ।
भारतले रामको नाममा राजनीति गर्न खोजेको भन्दै पोखरेलले भन्नुभयो, ‘केपी ओलीले राम नेपालमा नै जन्मिएको तथ्य प्रस्तुत गरेपछि भारतीयको मुटु छियाछिया भएको छ, केही नलागेर जोगीहरु समेतलाई उचालिरहेको छ, हामीले गर्व गर्नुपर्छ कि केपी ओलीजस्तो राष्ट्रवादी नेता पाएका छौं ।उहाँले माधवकुमार नेपालले नेतृत्व गर्दा नेकपा छाँयामा परेको तथ्य राख्दै ओलीको नेतृत्वमा नेकपाले जनताको मन जितेको बताउनु भयो ।
‘जब केपी ओली नेतृत्वमा आउनुभयो त्यसपछि नेकपा पहिचानसहितको पार्टीको रुपमा उदय भयो, कायरहरु पार्टी छाडेर क्रान्तिकारीको नाममा भागेका छन,’ पोखरेलको भनाई थियो । केपी ओलीको राजनीतिक जीवन नै समाप्त गर्ने षडयन्त्र गरेपछि प्रतिवाद भएको पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने अभियानमा प्रचण्ड–माधव समूह वाधक बनेको तथ्य पनि पोखरेलले राख्नुभयो ।
उहाँले नेकपा कार्यकर्तालाई संगठन सुदृढिकरण, आफ्ना कार्यकर्ताको संरक्षण र जनप्रतिनिधिलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । नेकपा रामेछापको सो भेलाले पार्टी एकताविरुद्धको गतिविधिमा लागेको भन्दै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेललाई बर्खास्त गरी आनन्द श्रेष्ठलाई पार्टी अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव चयन गरेको छ । जनता टाईम्सबाट साभार
प्रकाशित मिति २०७७ चैत २० गते शुक्रबार १०:४९