खुसीको खबर! कोरोना खोप लगाएर विदेशबाट फर्केकाहरु सीधै घर जान पाउने

खुसीको खबर! कोरोना खोप लगाएर विदेशबाट फर्केकाहरु सीधै घर जान पाउने

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १४ गते सोमबार ०६:३५

काठमाडौं : कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् '।सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत सो व्यवस्था गरेको हो' । नयाँ प्रावधान अनुसार...

काठमाडौं : कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् ‘।सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत सो व्यवस्था गरेको हो’ ।

नयाँ प्रावधान अनुसार दुवै खोप लगाएकालाई स्व: क्वारेन्टिनमा १० दिनसम्म बस्ने गरी जान दिइनेछ ‘।कोरोनाका कुनै पनि लक्षण नदेखिएका तर, खोप नलगाएका यात्रुलाई सात दिनसम्म निजले बुक गरेको वा सरकारले तोकेको होटलमा बस्नु पर्नेछ ‘।

साथै, विदेशबाट आउने प्रत्येक यात्रुले ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ नतिजा आएको हुनुपर्नेछ ‘।बेखर्ची र आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरिएका व्यक्तिले भने क्वारेन्टिनमा बसेको खर्च सरकारले नै व्यहोर्ने छ ‘।

यस व्यवस्था अन्तर्गत ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिकाको हकमा भने एन्टिजिन परीक्षण गरी परिक्षण नेगेटिभ आएमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा ‘होम क्वारेन्टिन’ बस्नेगरी पठाउन सक्नेछ ।सरकारी र कूटनीतिक नियोगका कर्मचारीले भने सरकारले लगाएको यो नियममा बाँधिनुपर्ने छैन ‘।

सरकारी कामको सिलसिलामा विदेश गएका नागरिक, नेपाली नियोगबाट नेपाल फर्कर्ने कर्मचारी र उसको परिवारले भने कोरोना परीक्षण नेगेटिभ आएमा १० ‘दिनको होम क्वारेन्टिनमा बस्ने अनुमति दिइएको छ ‘।यी नियम उल्लंघन गरिएको पाइएमा कारवाही गरिने ‘बताइएको छ ।

प्रकाशित मिति २०७८ असार १४ गते सोमबार ०६:३५
प्रतिक्रियाहरु