धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका...
धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्’।
नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली कांग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।’नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए’।
उनले भने,हामी त्यहाँ पुग्नु अगावै तोडफोड भइसकेको रहेछ। सीमा पिल्लर तोडिनु जनआक्रोश हो।’सीमा स्तम्भ तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।
नेपालीको लालपुर्जाधारी जमिनमा सीमा स्तम्भ गाडेर ‘नेपाली भूमि हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो।साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद बाहिर आएको हो’।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७