नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड सम्मान सोरुप एक सेयर गरौ

नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड सम्मान सोरुप एक सेयर गरौ

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन २३ गते शनिवार १०:०२

धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका...

धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्’।

नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली का‌ंग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।’नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए’।

उनले भने,हामी त्यहाँ पुग्नु अगावै तोडफोड भइसकेको रहेछ। सीमा पिल्लर तोडिनु जनआक्रोश हो।’सीमा स्तम्भ तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा स्तम्भ गाडेर ‘नेपाली भूमि हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो।साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद बाहिर आएको हो’।

 

प्रकाशित मिति २०७८ साउन २३ गते शनिवार १०:०२
प्रतिक्रियाहरु