काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय परराष्ट्रमन्त्री एस जय शङ्करबीच न्यूयोर्कमा भेटहुने सम्भावना बढेको छ ।नवनियुक्त परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा बिहीबार अमेरिका जाँदै हुनुहुन्छ...
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय परराष्ट्रमन्त्री एस जय शङ्करबीच न्यूयोर्कमा भेटहुने सम्भावना बढेको छ ।नवनियुक्त परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा बिहीबार अमेरिका जाँदै हुनुहुन्छ ।
उहाँ आजै मध्यान्ह न्यूयोर्क पुग्ने बताइएको छ । उता भारतीय समकक्षी शङ्कर भने यसअघिनै उक्त कार्यक्रमकै सिलसिलामा अमेरिका पुगिसक्नु भएको छ । सो क्रममा अमेरिकामा दुई छिमेकी मुलुकका परराष्ट्रमन्त्रीहरुबीच भेटवार्ता हुने भारतीय कुटनीतिज्ञहरुले बिहीबार बताएका छन् ।
नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ’ भारतीय एक कुटनीतिज्ञले बताएका छन् ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो
राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।भारतीय परराष्ट्रमन्त्री शङ्करले बिहीबारै नेपालका नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै सहकार्यका लागि प्रतीक्षारत रहेको प्रतिकृया दिनुभएको थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७