एजेन्सी -: बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ‘।सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताउनु भएको छ
अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनु भएको छ ‘।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ विरुद्धका खोपहरुले नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ सङ्क्रमित भएकाहरूलाई पनि काम गर्ने बताएको छ’ ।
दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा फाइजर खोपले ओमिक्रोलाई आंशिक रूपमा छल्न सक्ने देखिएको डब्ल्यूएचओले बताएको हो ।विश्व स्वास्थ्य संगठनका चिकित्सक डा माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ’ ।
‘हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती सबैले हरेक प्रकारका भेरिएन्टविरुद्ध काम गर्छन् र जटिलता तथा अस्पताल भर्ना हुनबाट जोगाउन सक्षम छन्,’ उनले भने, ‘त्यसैले ओमिक्रोनविरुद्ध यसले काम गर्दैन भनेर सोच्न जरुरी छैन ।
प्रारम्भिक तथ्यांकअनुसार ओमिक्रोनलले डेल्टा वा अन्य भेरिएन्टभन्दा धेरै गम्भीर बनाउँछ भन्ने देखिएको छैन ‘।यद्यपि दक्षिण अफ्रिकामा गरिएको एक नयाँ अध्ययनअनुसार फाइजर खोप कोरोनाभाइरसको सुरुको स्ट्रेनभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी रहेको दाबी गरिएको छ । तर, यो अध्ययनको समीक्षा हुन भने बाँकी नै छ ‘।
‘ओमिक्रोनले सम्पूर्ण रुपमा शरीर खोपका कारण विकसित भएको प्रतिरोधात्मक क्षमतालाई छल्न भने नसक्ने देखिएको छ,’ अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरोलोजिस्ट प्रा एलेक्स सिगलले भने,हामीले १२ जनाको रगत परीक्षण गरेर हेर्दा ओमिक्रोनले सोचेजस्तो प्रभाव पारेको देखिएन’ ।
उनका अनुसार पूर्व संक्रमण तथा खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने अपेक्षा गर्न सकिन्छ ।’ त्यसमाथि बुस्टर डोज लगाएमा थप सुरक्षा प्राप्त हुने उनको दाबी छ ।
ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ’ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने अध्ययन भइसकेको छैन ‘।
सबैभन्दा पहिला दक्षिण अफ्रिकाले सार्वजनिक गरेको अत्याधिक उत्परिवर्तन रहेको ओमिक्रोन अन्य कोरोनाभाइरसभन्दा बढी संक्रामक भएपनि कम गम्भिर रोग लगाउने अमेरिकी संक्रामक रोग विशेषज्ञ डा।’ एन्थोनी फौचीले बताएका छन् ।
प्रकाशित मिति २०७८ मङ्सिर २२ गते बुधबार ०१:५५