भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृ*त्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृ*त्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २२ गते बुधबार ०५:४०

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ'।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए '। दुर्घटनामा...

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ’।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ‘।

दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ‘। दुर्घटनामा अधिकांश शवहरु जलेका छन्’ ।

रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए’ । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ’ ।

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ ‘। बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृतकको शव फेला परेको टाइम्स अफ इन्डियाले जनाएको छ ‘। हेलिकप्टर सुलुर आईएएफ बेसबाट वेलिंग्टनको डिफेन्स सर्भिसेज कलेज (डीएससी) तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।

अहिले घटनास्थलमा आपतकालीन र उद्धार टोली खटिएको छ’ । जहाजमा गम्भीर घाईते भेटिएका दुई जनालाई अस्पताल लगिएको छ भने मृतकको सनाखत भइरहेको छ ‘।

दुर्घटनामा परेको हेलिकोप्टरमा रावतसहित उनको परिवार र १४ सेना सवार रहेको बताइएको छ ‘। खराब मौसमका कारण यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल उद्धार कार्य जारी रहेको बताइएको छ

प्रकाशित मिति २०७८ मङ्सिर २२ गते बुधबार ०५:४०
प्रतिक्रियाहरु