४ माघ, जनकपुरधाम -: मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।
बुधबार मधेश...
४ माघ, जनकपुरधाम -: मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।
बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।
यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।
आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।
मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।
सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७