मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ ९ गते आईतबार १०:१८

तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् ।सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था...

तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् ।सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनेको पत्रकार सम्मेलनमा समन्वयको अभाव देखिएको छ । एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताए ।

यसअघि एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भीष्मराज अधिकारीले भने दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तय भएको रातोपाटीलाई बताएका थिए । तर, एमाले प्रचार विभागका उपप्रमुख रिजालले पत्रकार सम्मेलन गर्ने कि भन्ने आन्तरिक सल्लाह भएपनि ठोस निर्णय भइनसकेको बताए ।आन्तरिक रुपमा पत्रकार सम्मेलन गर्ने कि भन्ने सल्लाह मात्र भएको हो, गर्ने नै भनेर हामीले घोषणा गरेका थिएनौँ’, रिजालको भनाइ छ  ।

 

प्रकाशित मिति २०७८ माघ ९ गते आईतबार १०:१८
प्रतिक्रियाहरु