मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ ४ गते मङ्गलबार ०२:१९

४ माघ, जनकपुरधाम -:  मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो । बुधबार मधेश...

४ माघ, जनकपुरधाम -:  मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।

बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।

आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।

सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।

प्रकाशित मिति २०७८ माघ ४ गते मङ्गलबार ०२:१९
प्रतिक्रियाहरु