इन्द्रेणी कार्यक्रम अब हिमालयन टेलिभिजनबाट आजदेखि प्रशारण हुने

इन्द्रेणी कार्यक्रम अब हिमालयन टेलिभिजनबाट आजदेखि प्रशारण हुने

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर ८ गते सोमबार ०९:३५

लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजन बाट प्रशारण हुने भएको छ।हरेक साँझ ६ बजे देखि ७ बजे सम्म प्रशारण हुने उक्त कार्यक्रमको पुन प्रशारण रातको १० बजे र बिहान ५ बजे प्रशारण हुने इन्द्रेणीका संचालक कृष्ण कंडेलले लालीगुराँस...

लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजन बाट प्रशारण हुने भएको छ।हरेक साँझ ६ बजे देखि ७ बजे सम्म प्रशारण हुने उक्त कार्यक्रमको पुन प्रशारण रातको १० बजे र बिहान ५ बजे प्रशारण हुने इन्द्रेणीका संचालक कृष्ण कंडेलले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्।

मङ्सिर ८ गतेबाट इन्द्रेणीले आफ्नो प्रशारण हिमालयन टेलिभिजनबाट अनुमति लिएका हुन्।यस अगाडी इन्द्रेणी एबिसी टेलिभिजनबाट हरेक दिन सोहि समय दर्शकले हेर्दै आएका थिए।एबिसी टेलिभिजनमा लामो समय देखि प्रशारणमा रहेको इन्द्रेणी झन्डै ३ महिनादेखि प्रशारणमा आएको थिएन।नया ब्यबस्थापन र नया शैली सहित उक्त कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुन् लागेको इन्द्रेणीका ब्यबस्थापक भक्त देउवाले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्। इन्द्रेणी कार्यक्रम तपाईले युटुबमा इन्द्रेणी डटकम बाट हेर्न सकिने छ।

प्रकाशित मिति २०७७ मङ्सिर ८ गते सोमबार ०९:३५
प्रतिक्रियाहरु