सचिन परियार आईसियुमा हुदा सम्पर्क बिहिन भनियका बुवा तेजेन्द्र रुदै मिडियामा, छोरालाई छोडेर कहाँ गएका थिए? (हेर्नुस भिडियो)

सचिन परियार आईसियुमा हुदा सम्पर्क बिहिन भनियका बुवा तेजेन्द्र रुदै मिडियामा, छोरालाई छोडेर कहाँ गएका थिए? (हेर्नुस भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १० गते आईतबार १२:५४

काठमाडौं । सचिन परियार आईसियुमा हुदा सम्पर्क बिहिन भनियका बुवा तेजेन्द्र परियार रुदै मिडियामा आएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका थिए । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना...

काठमाडौं ।

सचिन परियार आईसियुमा हुदा सम्पर्क बिहिन भनियका बुवा तेजेन्द्र परियार रुदै मिडियामा आएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका थिए ।

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको उनी निकट कमल सरगमले जानकारी दिए ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।

सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक विमल अधिकारीलगायतका कलाकार पनि शिक्षण अस्पताल पुगेका छन् । सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् ।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए। अहिले भने उनि बिरामी भएर आईसियुमा रहेर छन् ।

प्रकाशित मिति २०७९ पुस १० गते आईतबार १२:५४
प्रतिक्रियाहरु