केशब स्थापितलाई यौन दुराचारीको आरोप लगाउने रश्मिलाको प्रकरण यस्तो पो रहेछ ! [प्रमाणसहित]

केशब स्थापितलाई यौन दुराचारीको आरोप लगाउने रश्मिलाको प्रकरण यस्तो पो रहेछ ! [प्रमाणसहित]

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २१ गते बुधबार ०९:०९

काठमाडौ । https://www.youtube.com/watch?v=z1xeAPHsw9I&t=199s   काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशब स्थापित विरुद्ध यौन दुराचारीको आरोपलगाएकी कामपाका पूर्व कर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कार्य गरेका कारण...

काठमाडौ ।

 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशब स्थापित विरुद्ध यौन दुराचारीको आरोपलगाएकी कामपाका पूर्व कर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कार्य गरेका कारण सेवाबाट हटाइएको प्रमाण फेला परेको छ ।

प्रजापतिले आफूलाई जागिरबाट हटाइएको बास्तबिक कारण ढाकछोप गरी स्थापितले यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारणले जागिरबाट हटाएको दावी गर्दै आउनुभएको थियो ।

कामपाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेका आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गर्न समिति समेत गठन गरिएको थियो भने सोही समितिले तयार पारेको प्रतिवेदनका

आधारमा उहाँलाई हटाइएको कामपाको उच्चश्रोतको दावी छ।

प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेपछि तत्कालीन कर्मचारीयुनियनले उहाँले गरेका अनियमित कार्यहरू लगायत अन्य मागहरू जोडेर आन्दोलन गरेका थिए ।

त्यसै क्रममा उहाँलाई कारवाही गर्नुपर्ने माग राखी कर्मचारीहरूले चार दिनसम्म शहरको फोहर उठाउन बन्द गरेका थिए ।

यसै क्रममा आन्दोलनलाई साम्य पार्न आन्दोलनरत कर्मचारी र कामपा प्रशासनबिच वि.सं. २०६० श्रावण ३ गते बैठक बसेको थियो । उक्त बैठकको पहिलो निर्णय नै रश्मिला प्रजापतिलाई जिम्मेवारीबाट हटाउने भन्ने थियो ।

बैठकले रश्मिला प्रजापतिलाई तत्कालै हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमासरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २–२ जना र

कार्यकारी अधिकृतले खटाएको २ जना समेतको टोली गठन गरी छानबीन गर्ने र १ हप्ता भित्र प्रतिवेदन लिने भनी निर्णय गरेको थियो ।साथै छानबिनबाट देखिएको कसुरको मात्रा अनुसार निजलाई कारवाही गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

पछि उक्त बैठकको निर्णय अनुसार गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा रश्मिला प्रजापतिलाई वि.सं. २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो । source: janaboli

प्रकाशित मिति २०७९ बैशाख २१ गते बुधबार ०९:०९
प्रतिक्रियाहरु