बालेनलाई जिताउन काठमाडौंको मेयरमा उम्मेदवारी दिएका आनन्द जोशीद्वारा घरदैलो कार्यक्रम बन्द

बालेनलाई जिताउन काठमाडौंको मेयरमा उम्मेदवारी दिएका आनन्द जोशीद्वारा घरदैलो कार्यक्रम बन्द

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २६ गते सोमबार ०६:३९

काठमाडौं । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको प्रमुख (मेयर)मा उम्मेदवारी दिएका आनन्द जोशीले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने भन्दै घरदैलो...

काठमाडौं ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको प्रमुख (मेयर)मा उम्मेदवारी दिएका आनन्द जोशीले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने भन्दै घरदैलो कार्यक्रम बन्द गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारीबाट पछि हटेकाे जानकारी गराउँदै जोशीले बालेनलाई समर्थन गर्ने  निर्णय भएसँगै घरदैलो कार्यक्रम बन्द गरेकाे बताएका हुन् ।

उनले फेसबुकमार्फत् भनेका छन्, ‘आदरणीय साथिहरु। रास्ट्रिय यथार्थबादी पार्टी ले रास्ट्रिय युबा नेता काठमाडौं महानगर बाट स्वतन्त्र मेयर उमेदवार बालेन साह लाई समर्थन गर्ने विषयमा छलफल भइरहेको हुदा आज हुने भनेको विशाल घरदैलो कार्यक्रम स्थगित भयको जानकारी गराउछु। आनन्द राज जोशी (महासचिव -रास्ट्रिय यथार्थबादी पार्टी नेपाल) ।

यो पनि पढ्नुहोस

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिदै बचाउमा उत्रिएको छ ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए । प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।

प्रचण्डको पनि बचाउ

कांग्रेस प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।

सभामा प्रचण्डले धम्की नदिएको उनले बताए । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’ भरतपुरको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताएका थिए ।

प्रकाशित मिति २०७९ बैशाख २६ गते सोमबार ०६:३९
प्रतिक्रियाहरु