काठमाडौं, १० असार :
रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।
लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।
पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।
यो पनि -आज प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना:काठमाडौं, १० असार-बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति २०७९ असार १० गते शुक्रबार ०९:०४