प्रमुख प्रतिपक्षी नेकपा एमाले र अर्को प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ। दुई दलबीच तालमेलका लागि अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले एक चरण वार्तासमेत गरिसकेका छन्।
सत्ता गठबन्धनमै मिसिने लोसपाको चाहनामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाधक बनेपछि एमालेसँग तालमेल तयारी भएको हो।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट भागबन्डासहित केही दिनमै सम्झौता तयारी भइरहेको लोसपा अध्यक्ष ठाकुरनिकट एकजना नेताले बताएका छन्।
लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले पनि एमालेसँग तालमेल सम्भावना बढेर गएको नेपालखबरलाई बताएका छन्।
हो, एमालेसँग तालमेलका लागि कुरा भइरहेको छ। अहिले हामी अनौपचारिक संवादमा छौँ, उनले भने, हामी र एमालेबीच तालमेल सम्भावना बढेर गएको छ। यसलाई केही दिनमै औपचारिक टुंगोमा पुर्याउने गरी कुरो अघि बढेको छ।
देउवा, प्रचण्ड र माधवको पछि लाग्दा बुढेसकालमा चित्रबहादुर केसीको हरिबिजोग !
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्ने वित्तिकै सबैको मनमा संघियताको विरोध गर्ने एउटा जबर्जस्त विम्ब मनमा आउँथ्यो ,संघियता भनेको ऋण गरेर घिउ खानु जस्तो हो भन्ने गरेका केसीको बारेमा छुट्टै खालको छाप नेपाली समाजमा रहेको थियो तर त्यो सबै विस्तारै धुमिल हुँदै गएको छ ।
केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले अहिले पनि संघियताको विरोध गरिनै रहेको छ तर त्यसको सोसियल भ्यालु लिलामीकै अवस्थामा पुगेको छ ।
किनभने मुखले संघियताको विरोध गरेता पनि व्यवहारमा भने राष्ट्रिय जनमोर्चा जातिय पहिचानको आधारमा १४ प्रदेश बनाउनु पर्छ भन्ने बावुराम भट्टराई र उपेन्द्र यादवहरुकै गठबन्धनमा रहेको छ।
प्रतिनिधीसभामा जम्मा एक सिट भएको केसीको पार्टी समेत परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्दै माग गरेर रिट हाल्ने मध्येको एक रहेको थियो ।
परमादेश पछाडीका कथा कस्ता रहेछन् भन्ने कुरा अहिले निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले धमाधम खोलिरहेका छन् ।
एक सिट भएता पनि गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाको त्यहि एक सिट पनि खुस्किने अवस्था देखिएको छ । केसीको पार्टीले एक्लै चुनाव जित्ने तागत पुर्ण रुपमा गुमाइसकेको छ भने अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट प्यूठानमा एक सिट राजमोले जितेको थियो अब प्यूठानमा बामदेव गौतमले दाबी गरेका छन् ।
गठबन्धनमा भएर पनि सरकारले ल्याएको हरेक कुरामा विरोध गर्ने जनमोर्चालाई साइजमा राख्नकै लागी प्रचण्डले योजनाबद्ध रुपमा हसिया हथौडा चिन्हबाट बामदेवलाई प्युठानमा उठाउन खोजेको चर्चा चलेको छ । हुँदा खाँदाको एक सिट पनि गुम्ने अवस्था देखिए पछि राजमोका नेताहरु पिरोलिएका छन् । source: otvnepal
प्रकाशित मिति २०७९ भदौ २५ गते शनिवार ०८:४०