काठमाडौँ ।
नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् ।
https://www.youtube.com/watch?v=uVuK43j7Grk
५ वर्ष लामो प्रेम सम्बन्धलाई...
काठमाडौँ ।
नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् ।
५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता र शंकरले सम्बन्ध बिच्छेदका लागि काठमाडौँ जिल्ला अदालत धाइरहेको दृश्य समेत बाहिरिएको छ ।
कुनै समय सँगै मर्ने सँगै बाँच्ने भनेर एक भएको यो दृश्यले उनीहरुका फ्यानको मन चुँडिन सक्छ ।
अदालतबाट बाहिरिँदा गायिका जेरी निकै निराश देखिएकी थिइन् । उनीहरु बिहिबार सम्बन्ध बिच्छेदका लागि काठमाडोँ जिल्ला अदालत पुगेको भएता पनि निवेदनको ढाँचा नमिलेको भन्दै बिहिबार उनीहरु फर्किएका थिए ।
यस विषयमा बबिताले आधिकारिक रुपमा केही नबताए पनि बबिताले अदालत गएको दिन केही प्राविधिक कारणले काम नसकिएको भन्दै फेरी अर्को दिन जानुपर्ने भएको बताएकी थिइन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७