प्रतिशत (दुवैको ३०/३० प्रतिशत) लगानी छ भने अरु दुई शेयर होल्डरको ४० प्रतिशत लगानी रहेको छ । शंकरको नाममा रहेको ३० प्रतिशत शेयर पनि जेरीकै पैसा भएको बताइन्छ ।
अब आफ्नो नाममा रहेको ३० प्रतिशत शेयर रकम लिएर जेरी उक्त क्लवबाट बाहिरिनेछिन् । त्यसपछि जुनकिरी रोदी क्लव शंकरले अन्य दुई शेयरहोल्डरसँग मिलेर सञ्चालन गर्नेछन् ।
जेरीले हालै आफ्नै व्यक्तिगत स्वामित्वमा नयाँ दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । उनले अब यसैलाई निरन्तरता दिनेछिन् । त्यसो त उनले एक अन्तर्वार्तामा डिभोर्सपछि विदेश पलायन हुने सोच बनाएको बताएकी थिइन् । यता शंकरको भने आफ्नै तयारी छ ।
स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।
शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।
शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।
जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए ।
त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो । अनलाइनबाटै लभ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।
शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । र, जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।
विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान-श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो । अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।
प्रकाशित मिति २०७९ कार्तिक १३ गते आईतबार ०८:४४