नेपाली झन्डा जलाएको अर्जेन्टिनालाइ किन नेपालीहरुले मन पराउछन ?

नेपाली  झन्डा जलाएको अर्जेन्टिनालाइ किन नेपालीहरुले मन पराउछन ?

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २८ गते बुधबार ०९:५३

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए । जारी प्रतियोगितामा लिओनेल मेस्सी...

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए ।

जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्छु ।’

‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’

‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो । तर क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन । आजको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ

साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए।

खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ।

पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।

क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता बनाइसकेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा पुग्यो र जितका लागि पेनाल्टीको सहारा लिनुपर्‍यो।

त्यसअघि भने अर्जेन्टिनाले हरेक टोलीलाई २ गोल हानेको छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई पनि सोही अन्तरमा हराएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराएको थियो।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।

त्यसलगतै फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो। त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो तर पूरानै टोली जर्मनीले उपाधि यात्रामा धक्का दिएको थियो। १९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो।

प्रकाशित मिति २०७९ मङ्सिर २८ गते बुधबार ०९:५३
प्रतिक्रियाहरु