कतारमा कार्यरत रन्जितकुमार पालले यूएईमा जिते ८२ करोड रुपैयाँ

कतारमा कार्यरत रन्जितकुमार पालले यूएईमा  जिते ८२ करोड रुपैयाँ

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ २१ गते शनिवार १०:०७

काठमाडौँ यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ)...

काठमाडौँ

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

‘बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,’ उनले भनेका छन्, ‘एक साताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)

लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेनँ ।

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

 

 

प्रकाशित मिति २०७९ माघ २१ गते शनिवार १०:०७
प्रतिक्रियाहरु