दुबई । आज २ जुन आईतबारका दिन दुबईस्थित पिंकी रेष्टुरेण्टको हलमा परदेशीको लोक चौतारी युएईको दोर्स्रो अधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ । पूरानो कार्यसमितिको आफ्नो कार्यकाल पूरा भएका कारण नयां कार्यसमिति चयन गर्ने हेतुले सो अधिवेशन गरिएको हो ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान रहनु भएको थियो भने अधिवेशनको अध्यक्षता परदेशीको लोक चौतारी युएईका निवर्तमान अध्यक्ष धड्कन तामांगले गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

“कला र गलाको समन् हाम्रो अभियान” भन्ने नारा सहित २०१६मा स्थापना भएको परदेशीको लोक चौतारीले नेपालि गीत संगीतको संरक्षण
प्रबर्धन र उत्थान गर्ने हेतुले युएई स्थापना गरिएको हो र हामिले आपत विपतमा परेका पीडितहरुलाई धेरै सहयोग गर्दै आएको पाहिन्छ । स्थापनाकालदेखि नै सहयोगी भावनासंगै अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै समाजलाई अगाडि बढाएको प्रत्यक्ष देखिन्छ ।

नयां कार्यसमिति चयन गर्नका लागि सहसंयोजक जीवन पंगेनी, सदस्य केशब कटुवाल सहितको सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जस्मा निर्वाचन समितिेले गोपाल भट्टराईको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नामावली क्रमशः यस प्रकार रहेको छ – अध्यक्षमा गोपाल भट्टराई ,वरिष्ठ उपाध्यक्षको मिलन कल्पित, उपाध्यक्षमा सन्तोष आचार्य, महिला उपाध्यक्षमा कल्पना सिग्देल,महासचिवमा दिपक बन्जाडे ,सचिवमा बसन्त सुबेदी, कोषाध्यक्षमा सरस्वती पाठक र सहकोषाध्यक्षमा लक्ष्मी परियार, प्रबक्तामा संदेश तिरुवा चयन भएका छन् भने अन्य सदस्यहरुमा माया भण्डारी,पारु मगर , सबुज मगर, सरोज मगर, सुनिता कान्छी, पार्वती परियार, मिना भण्डारी, प्रियसी मंजु खनाल, बिजेन्द्र चौलागाई,जुना सिंह ठकुरी,देव कुमार कार्की र सास्कृतिक बिभाग प्रमुखमा सबिना सापकोटा रहनु भएको छ ।

कार्यक्रमको थालनी प्रमुख अतिथि, सभाअध्यक्ष र अतिथिहरुद्धारा दीप प्रज्योलन गर्दै नेपाली राष्ट्रिय गानको लगत्तै टिम मेनेजर गोपाल भट्टराई को शुभकामना मन्तव्यबाट भएको थियो । औपचारिक कार्यक्रमको संचालन र बार्षिक प्रतिवेदन समाजका कार्यक्रम प्रस्तोता जीवन पंगेनीको रहेको थियो ।



प्रकाशित मिति २०८१ जेठ २१ गते सोमबार १२:३१