स्थायी कमिटी ‘बहिस्कार’ गर्नेमा केपी ओली एक्लो, अब कुनै पद नरहने सम्भावाना

स्थायी कमिटी ‘बहिस्कार’ गर्नेमा केपी ओली एक्लो, अब कुनै पद नरहने सम्भावाना

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर २२ गते सोमबार ११:२५

ओली यो स्थायी कमिटी बैठकबाट फेरि एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै प्रधानमन्त्री रहने निर्णय हुनेमा आशावादी देखिन्छन् । सँगै, स्थायी कमिटी बैठकले गर्ने निर्णय मान्न तयार रहेको पनि ओलीले प्रष्ट संकेत दिएका छन् ।तर, अडानबाट पछि हट्दै ओलीले मंसिर ३ को सचिवालय बैठकबाट दश दिनको समय लिएर जवाफ पत्र लेखे भने मंसिर १३, १६ र २० गते बसेको सचिवालय बैठकमा सहभागी भए । शनिबारको सचिवालय बैठकमा पनि ओलीले सहभागिता जनाएर प्रचण्डको पत्रबारे आलोचना गरेका थिए ।

के प्रधानमन्त्री ओली आफ्नै गुटमा एक्लिएका हुन् ?

२२ मंसिर, काठमाडौं-:  आइतबारदेखि केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ‘बहिस्कार’ गर्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक्लो नेता ठहरिएका छन् । ओली बैठकमा अनुपस्थित रहे पनि उनकै गुटका सबै नेताहरु सहभागी बनेका छन् ।

नेकपाका प्रथम अध्यक्ष ओलीले बैठकमा उपस्थित नहुने बताए पनि स्थायी कमिटीको बैठकको निर्णय मान्दिनँ भन्न सकेका छैनन् । उनले आफू सहभागी नहुने बैठकले सकारात्मक हस्तक्षेप गरेर विवेकसम्मत निर्णय लिने विश्वाससमेत व्यक्त गरेका छन् । बैठकमा पत्र पठाएकाले ओली अनुपस्थित रहेको भन्न नमिल्ने नेताहरुको विश्लेषण छ ।

आइतबारको बैठकमा एक्लो अनुपस्थिति, अनि सोही बैठकबाट गरिएको आशलाई हेर्दाखेरि केपी ओली व्यक्तिगत दम्भका कारणले मात्रै बैठकमा नगएको देखिन्छ । किनभने, उनले आफ्नै गुटका नेताहरुलाई पनि बैठकमा सहभागी नहुनोस् भनेर रोक्न सकेको देखिँदैन ।’ओलीले सचिवालयमा प्रचण्डद्वारा प्रस्तुत प्रस्तावलाई लाञ्छनापत्रको संज्ञा दिँदै त्यो फिर्ता नभएसम्म बैठकमा नजाने अडान राखेका छन् । तर, आइतबारको बैठकमा केपी ओलीकै नजिकका नेता शंकर पोखरेलले दुबै अध्यक्षको प्रस्तावलाई मिलाएर साझा बनाउन माग गरिसकेका छन् । प्रधानमन्त्री ओली र शंकर पाखरेलका यी फरक धारणालाई हेर्दाखेरि प्रचण्डको प्रस्तावमाथि छलफल गर्नु हुँदैन भन्नेमा ओली मात्रै एक्लै परेका छन् । यो अडानमा ओलीलाई उनकै गुटका नेताले समेत साथ छाडेर बैठकमा सहभागिता जनाएको देखिएको छ ।

आइतबार बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली मात्र अनुपस्थित रहे । अन्तिम समयमा धुम्बाराही नजाने निष्कर्ष निकालेका ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल मार्फत् दुई पन्ने पत्र पठाए, जुन पत्र स्थायी कमिटीमा वाचन गरेर सुनाइयो ।

प्रचण्डको पत्र फिर्ता नभएसम्म र त्यसमाथि हुने छलफलमा सहभागी हुन असमर्थ रहेको स्थायी कमिटी सदस्यहरुलाई ओलीले जानकारी दिएका छन् । ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो संगीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गदर्छु’, ओलीको पत्रमा उल्लेख छ ।

बैठकको अध्यक्षता गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षकै रुपमा सम्बोधन नगरे पनि ओलीले स्थायी कमिटी सदस्यहरुसँग पत्रमार्फत् केही अनुरोध र अपेक्षासमेत गरेका छन् ।’प्रचण्डले कात्तिक २८ मा पेश गरेको १९ पृष्ठको पत्र (प्रस्ताव) छलफलको एजेण्डा बनेसम्म बैठकमा सहभागी नहुने ओलीले अडान लिएका हुन् । मंसिर ३ अघि त उक्त पत्रको जवाफसमेत नदिने भनेका थिए ।

बैठकको औचित्य छैन’ भन्दै स्थायी कमिटीसँगै आश !

ओलीले स्थायी कमिटीमा पठाएको पत्रमा सदस्यहरुबाट आश गरेका छन् । ‘मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुनेछ’, ओलीको पत्रमा उल्लेख छ ।

ओलीले पत्रमार्फत् आफ्नो अनुपस्थितिको कारण नखुलाए पनि त्यसअघि भने ओलीले धुम्बाराहीमा कोरोना जोखिम रहेकाले नआउने केन्द्रीय कार्यालयलाई सन्देश पठाएका थिए । सुरक्षाकर्मीको चेन नै तयार पारिएको धुम्बाराहीमा कोरोना जोखिमको अवस्था बुझ्न भन्दै आइतबार बिहान स्वास्थ्यकर्मी पठाइएको थियो ।

अध्यक्ष ओलीले आइतबारको बैठकमा पत्र पठाएर बैठकमा औपचारिकरुपमै आफ्ना कुरा राखेकाले अनुपस्थित रहेको रुपमा बुझ्न नहुने  नेकपाका नेताहरुको तर्क छ । आफ्नो कुरा पत्रमार्फत् पेश गरेकाले बैठकमा ओलीको अनुपस्थिति र असहमति भन्न नमिल्ने स्थायी कमिटी सदस्य भीम रावल बताउँछन् ।

स्थायी कमिटी सदस्य रावलले अध्यक्ष ओलीको अनुपस्थितिलाई प्राविधिक विषय मात्रै मानेका छन् । उनी भन्छन्, ‘बैठकमा उहाँ भौतिकरुपमा उपस्थित हुन सक्नुभएन । तर, आफ्नो धारणा राख्नुभएको छ । यसलाई दुवै अध्यक्षको सहभागिताका रुपमा लिनुपर्छ ।केपी ओली निकट नेताहरुले भदौ २६ को बैठकको निर्णयकै जगमा वर्तमान संकटको निकास खोजिनुपर्ने बताउँदै आएका छन् । अर्थात्, ओली यो स्थायी कमिटी बैठकबाट फेरि एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै प्रधानमन्त्री रहने निर्णय हुनेमा आशावादी देखिन्छन् ।

सँगै, स्थायी कमिटी बैठकले गर्ने निर्णय मान्न तयार रहेको पनि ओलीले प्रष्ट संकेत दिएका छन् । ‘स्थायी कमिटी सदस्यहरुबाट आश गर्नुको अर्थ निर्णय मान्छु भन्ने नै हुन्छ ओली इतर पक्षका एक नेता भन्छन् । स्थायी कमिटी सदस्य गुरुङ पनि पार्टीले गर्ने निर्णय केपी ओलीले मान्ने बताउँछन् । तर, स्थायी कमिटी सदस्यहरुको ‘विवेकपूर्ण निर्णय’ भनेर ओलीले बच्ने प्रयास पनि गरेका छन् ।अनलाइन खबर

प्रकाशित मिति २०७७ मङ्सिर २२ गते सोमबार ११:२५
प्रतिक्रियाहरु