रामचन्द्र पौडेललाई किसान श्रेष्ठको चुनौती : ओलीको जरुरी छैन, म नै काफी छु

रामचन्द्र पौडेललाई किसान श्रेष्ठको चुनौती : ओलीको जरुरी छैन, म नै काफी छु

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस ९ गते बिहिबार ०८:३७

नहुँ । तनहूँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिंदै उनलाई हराउन आफू नै काफी भएको बताएका...

नहुँ । तनहूँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिंदै उनलाई हराउन आफू नै काफी भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै श्रेष्ठले तनहूँबाट रामचन्द्र पौडेललाई आगामी निर्वाचनमा आफूले नै हराउने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ एक टेलिभिजन अन्तर्वार्तामा रामचन्द्र पौडेलले तनहूँमा चुनाव जित्न नसक्ने भएर नै चुनावको विरोध गरेको भन्ने आरोप लगाएपछि कांग्रेस नेता पौडेलले बिहीबार आफूसँग तनहूँमा चुनाव लड्न प्रधानमन्त्री केपी शर्मालाई चुनौती दिएका थिए । पौडेलको सो चुनौतीपछि बिहीबार नै श्रेष्ठले पौडेललाई हराउन प्रधानमन्त्रीको जरुरत नभएको भन्दै आफू नै काफी भएको प्रतिक्रिया दिएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रेष्ठले कांग्रेस वरिष्ठ नेता पौडेललाई करिब ६ हजार ५०० मतको अन्तरमा पराजित गरेका थिए । पौडेलले २६ वर्षसम्म तनहूँमा नगरेको विकासको काम आफूले तीन वर्षमा गरिसकेको भन्दै नेकपा नेता श्रेष्ठले अझ अर्को पटक पौडेललाई नै चुनावमा हराएर थप विकास गर्ने बताए ।

प्रकाशित मिति २०७७ पुस ९ गते बिहिबार ०८:३७
प्रतिक्रियाहरु