काठमाडौं -: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले तीन वर्षसम्म गफ हाँकेर बिताएको बताएका छन्। बालुवाटार पुगेपछि पार्टी बिर्सिएर ओलीले गफै मात्र हाँकेको उनको आरोप छ।
‘हामीले केपी ओलीलाई अपार विश्वास गर्यौँ। तर, बालुवाटारमा पुगेको दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। उहाँले पार्टीलाई भर्याङ ठान्नुभयो। उहाँले गफैगफ हाँकेर तीन वर्ष बिताउनुभयो’, नेता खनालले भने, ‘कहिले पानीजहाल ल्याउनुभयो। कहिले रेल ल्याउनुभयो। भावनामा बग्नुभयो। गफ गरेर र उखान र टुक्काले देश चल्दैन। देशका लागि भिजन चाहिन्छ कमरेडहरु।संविधानमाथि घात गरेको भन्दै खनालले ओलीका कामलाई स्वीकार गरे देश अस्थिरतातर्फ जाने बताए।
संसदको पुनःस्थापना अनिवार्य शर्त भएको उनको भनाइ छ। जबसम्म संसदको पुनःस्थापना हुँदैन त्यस बेलासम्म नेपाली जनता उठे। अब राष्ट्रव्यापी रुपमा आन्दोलनको आँधीबेहरी उठाउँछौँ’, खनालले भने।ओलीले एकलौटी शासन गरेको आरोपसमेत लगाएका नेता खनालले कहिल्यै पनि पार्टीको सुझावलाई ओलीले स्वीकार नगरेको बताए।

प्रकाशित मिति २०७७ पुस १४ गते मङ्गलबार ०७:०३