ताराबिर पाण्डे निर्देशित “थाहा छ मलाई ” र “जुनी जुनी” गीतको म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न !

ताराबिर पाण्डे निर्देशित “थाहा छ मलाई ” र “जुनी जुनी” गीतको म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न !

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस १५ गते बुधबार १०:४२

बिनिता राया, दुबई युएइ -: नेपाली गीत संगीतले निकै फट्को मारेको छ आज भोलि कोरोनाको कहरले फिल्म क्षेत्र प्रभावित हुदा नेपाली म्युजिक भिडियो भने आज भोलि तिब्र गतिले निर्माण हुन थालेका छन् यो एउटा सकारात्मक पाटो पनि हो नेपाली सुगम संगीतमा। आज...

बिनिता राया, दुबई युएइ -: नेपाली गीत संगीतले निकै फट्को मारेको छ आज भोलि कोरोनाको कहरले फिल्म क्षेत्र प्रभावित हुदा नेपाली म्युजिक भिडियो भने आज भोलि तिब्र गतिले निर्माण हुन थालेका छन् यो एउटा सकारात्मक पाटो पनि हो नेपाली सुगम संगीतमा।

आज निकै मिठा दुइ गीतका म्युजिकको भिडियो सुटिङ्ग कार्य सकिएको छ केशब कटुवाल को सब्दमा चर्चित गायिका मेलिना राइ र मुकेश कटुवालको स्वरमा रहेको “थाहा छ मलाई ” जसको संगीत चर्चित संगीतकार बिनय कार्की र संगीत संयोजन पनि उहाकै रहेको छ भने भिडियोको निर्देशन चर्चित गायक तथा निर्देसक ताराबिर पाण्डेको रहेको छ। उक्त गीतको भिडियोमा नवराज पाण्डे र रोशनी राज भण्डारीलाइ देख्न सकिन्छ। भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गर्नु भएको छ भने भिडियोको सम्पादन कार्य पनि उहाकै रहने छ।

अर्को गीत छ “जुनी जुनी” गीतको पनि सुटिङ्ग कार्य आज नै सम्पन्न भएको छ जसमा मधु न्यौपानेको सब्दमा चर्चित गायिका मेलिना राइ र निम श्रेष्ठको स्वरमा सजिएको छ भने उक्त गीतको संगीत ताराबिर पाण्डेले गर्नु भएको छ यस गीतको भिडियो पनि आफैले निर्देशन गर्नु भएको हो र उक्त गीतमा नवराज पाण्डे र रुथ रुथ खड्का को अभिनय रहेको छ भने भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गर्नु भएको छ भने भिडियोको सम्पादन कार्य पनि उहाकै रहने छ। म्युजिक भिडियो चाडै नै बजारमा आउने यिनै गीतका निर्देशक ताराबिर पाण्डेले हामी लाइ बताउनु भयो।

प्रकाशित मिति २०७७ पुस १५ गते बुधबार १०:४२
प्रतिक्रियाहरु