२३ माघ, काठमाडौं -: भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ‘।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।’ उनले थुप्रै नेपाली गीत पनि गाएकी छन्’ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ‘।लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ ।’ हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन्’ ।उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन्’ ।
भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको ९४ वर्षको उमेरमा निधन भएको छ । ‘केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो ‘। उनको उपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
भारतीय गायिका भए पनि उनले नेपाली भाषामा गाएका गीतहरु पनि चर्चित छन् ।’ १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी मंगेशकरले नेपाली भाषामा समेत दर्जनाैँ गीतहरू रेकर्ड गरेकी थिइन्, जुन नेपालीमाझ लोक्रप्रिय छन्’ ।
उनले पछिल्लोपटक ‘फुल भन्छ फुली रहूँ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल रूपमा रेकर्ड गरेकी थिइन् ।’ जो नेपालीमा सर्वाधिक मन पराइएको छ’ ।
प्रकाशित मिति २०७८ माघ २३ गते आईतबार ११:०३