अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।
मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।
काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् । आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसलाई महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै भएको समेत बताएका छन् ।
‘यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’, रावलको भनाइ छ ।
प्रकाशित मिति २०७८ फाल्गुण १५ गते आईतबार १२:४५