सरकारी वकिलको कार्यालय पल शाह, हातमा हतकडी

सरकारी वकिलको कार्यालय पल शाह, हातमा हतकडी

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण २५ गते बुधबार ०२:४९

काठमाडौं -:  नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि...

काठमाडौं -:  नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मास्कसमेत लगाएका छन् ।

जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफूलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।Imagekhabar

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनको पार्टी कार्यालयमा नेपालको चुच्चे नक्सा नभएको पाइएको छ । बिगत लामो समयदेखि नै पार्टी कार्यालयमा नेपालको बिगतकै नक्सा रहँदै आएको छ ।

लामो समयसम्म पनि पनि पार्टी कार्यालयबाट सो नक्सा नहटेपछि कतिपय कार्यकर्ताले असन्तुष्टि समेत व्यक्त गरेका छन । पार्टी कार्यालयमा राखिएको नक्साको ताजा तस्वीर निशाना खवरलाई प्राप्त भएको छ ।

प्रकाशित मिति २०७८ फाल्गुण २५ गते बुधबार ०२:४९
प्रतिक्रियाहरु