जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण २७ गते शुक्रबार ०५:१८

२७ फागुन, काठमाडौं -: जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।शाहका म्‍यानेजर भनिएका जोशीलाई  तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ । जब’रज’स्ती क’र’णीको मुद्दा...

२७ फागुन, काठमाडौं -: जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।शाहका म्‍यानेजर भनिएका जोशीलाई  तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।

जब’रज’स्ती क’र’णीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्यव’हार ग’रे’को भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् ।

यसैबिच राजेश हमालले पनि आफ्नो धारणा राख्दै यस्तो अभिव्यक्ति दिएका छन, हेर्नुहोस् पुरा भिडियो\रातो पाटि बाट साभार

 

प्रकाशित मिति २०७८ फाल्गुण २७ गते शुक्रबार ०५:१८
प्रतिक्रियाहरु