काठमाडौं: प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ विवादीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्।
भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जा’इलागेका छन्।
भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले विरोध जनाएका छन्। उनले माओवादी जनयु’द्ध ल’ड्ने एक महिला छापामारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।
‘`पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `दे’ह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आ’पत्ति’ज’नक मात्रै होइन द’ण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन धम्की दिएकी छन्। उनले जनयु’द्ध ल’डेका महिलाहरुको अपमान गरेको भन्दै सार्वजनिक माफीसमेत माग गरेकी छन्।
‘महान जनयु’द्धका कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। सहिद परिवार बे’पत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयु’द्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन। विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन्,’ उनले नेतृत्वको बचाउ गर्दै लेखेकी छन्।
उनले व्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयु’द्धमा सहभागी महिलाहरु श’रीर बे’च्ने काममा सं’लग्न भएको भन्ने सन्देश दिने गरी भिडियो निर्माण गर्नु आ’प’त्तिज’नक र निन्दनीय भएको उल्लेख गरेकी छन्।
‘जनयु’द्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईँलाई बुझाइरहन नपर्ने हो
जनयु’द्ध सहभागी महिलाले तपाईँको पनि स्वतन्त्रता र तपाईँले भोगेको जातीय विभेदविरु’द्ध पनि ल’डेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो,’ उनले लेखेकी छन्,‘तिनै दिदिबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको तपाईँको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईँको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।
माओवादीको प्रतिक्रिया
भिडियो सिर्जना जे-जस्तो भए पनि बहुसंख्यक दर्शकबाट चाहिँ प्रकाशले प्रशंसा नै पाएको सोझो अनुमान गर्न सकिन्छ । तर चुनावको मुखमै माओवादीको कथा मिश्रित गीत आउँदा माओवादीका नेता र कार्यकर्ताहरू उत्तेजित बनेका हुन् । माओवादीका युवा पुस्ताका केही नेताले त धम्की नै दिएका छन् । उनीहरूले जे-जस्तो तर्क गरे पनि कसैको सिर्जनालाई थुन्ने र हटाउने भन्नेचाहिँ निरंकुश शासनमा मात्रै हुन्छ ।
माओवादीका नेता र कार्यकर्ताले प्रकाशको सिर्जना पक्षमाथि समीक्षा गरेर आलोचना गर्न सक्छन् । तर धम्की र चेतावनी दिने अधिकार लोकतन्त्रमा पाइँदैन । बरु माओवादीका नेता रामप्रसाद सापकोटा, विद्यार्थी नेता पञ्चा सिंहको प्रतिक्रियाले उनीहरूलाई नै थप कमजोर र गलत सावित गरिदिएको छ । र प्रकाशलाई नै धेरैको सहानुभूति मिलेको छ । यसअघि केपी ओली प्रधानमन्त्री छँदा पशुपति शर्माको गीत ‘लुट्न सके लुट…’लाई लिएर पनि एमालेका युवा नेताहरूले धम्की दिएका थिए ।
केपी ओलीको सरकार छँदा माओवादीका धेरै नेताहरूले सायद पशुपति शर्माको प्रशंसा नै गरेका थिए । अहिले चुनावको मुखमा आफैँमाथि यस्तो गीतको बज्रपात पर्दा माओवादीहरू अत्तालिएका हुन सक्छन् । जुन उनीहरूको मुर्ख्याइँ र बचकना हो । कलाकारका कुनै पनि गीत वा सिर्जनामाथि धम्की दिँदै जाने हो भने के कलाकारहरूले गीत गाउनुअघि, फिल्म बनाउनुअघि दल र नेताको अनुमति लिनुपर्ने हो ?
फेरि पनि प्रकाश सपुतको सिर्जनामाथि धेरै कोणबाट बहस र चर्चा हुन सक्छन् । तर त्यसलाई बन्द गर्ने वा हटाउने कल्पना नै हुँदैन । बाहिरी देशमा भएका यस्ता अभ्यास हेर्ने हो भने चिन, इराक, इरान, अफगानिस्तानलगायत देशमा त्यस्ता धेरै स्वतन्त्र फिल्मकर्मी तथा सर्जकहरू छन् । जो आज पनि आफ्नो सिर्जनाका लागि युरोप वा अमेरिकामा विस्थापित बन्नु परेको छ । संसारका बुद्धिजीवी र सर्जकहरूमाझ ती देशलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । यही कारणले पनि सर्जकहरू आफ्नो विचार व्यक्त गर्न (कलाको माध्यमबाट वा नाराको माध्यमबाटै किन नहोस्) स्वतन्त्र छन् । र, सधैँ हुनुपर्छ ।
माओवादीका नेताहरूलाई यो सिर्जनाबाट आगामी चुनावको चिन्ता लागेको हुनसक्छ । तर यति छोटो अवधिको क्षणिक महत्वकांक्षाले समग्र सिर्जनामाथि हमला गर्ने संस्कार बसाउनु भविष्यमा आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।kantipurdaily
प्रकाशित मिति २०७८ फाल्गुण २९ गते आईतबार ०४:५७