लियो घटनाले अर्कै मोड नवलपरासीमा बयानपछि पल शाहलाई तनहुँ ल्याइयो,भिडियो हेर्नुहोस

लियो घटनाले अर्कै मोड नवलपरासीमा बयानपछि पल शाहलाई तनहुँ ल्याइयो,भिडियो हेर्नुहोस

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत २ गते बुधबार ०१:०६

तनहुँ -: नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि नवलपरासी लागिएका अभिनेता पल शाहलाई पुनः जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याइएको छ । गत फागुन २४ गते अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट लागिएका...

तनहुँ -: नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि नवलपरासी लागिएका अभिनेता पल शाहलाई पुनः जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याइएको छ ।

गत फागुन २४ गते अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट लागिएका शाहलाई मंगलबार दिउँसो तनहुँ ल्याइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

शाहविरुद्ध नवलपरासीमा गत फागुन १६ जबर्जस्ती करणीको जहेरी परेपछि प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धानका लागि शाहलाई पठाइदिन आग्रह गरेको थियो ।

सोही पत्र अनुसार आरोपित शाहलाई गैंडाकोट प्रहरीमा पठाएको खड्काले बताए । उनले भने, ‘करिब एक हप्ताको अनुसन्धानपछि पललाई पुनः तनहुँ ल्याइएको छ ।

शाहविरुद्ध तनहुँ र नवरपरासी प्रहरीमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ । उक्त अभियोग लगाएर मुद्दा दर्ता गराउने किशोरी एउटै भएको प्रहरीको भनाइ छ । तनहुँमा जाहेरी दर्ता भएको ५ दिनपछि शाह प्रहरीको सम्पर्कमा आएका थिए ।

जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि भन्दै पहिलो चरणमा ७ दिन थप गरेको थियो भने अनुसन्धान पूरा नभएको भन्दै गत फागुन २२ गते १२ दिनको म्याद थप गरेको छ ।

नवलपरासीमा सरकारी वकिललाई बयान दिएर आएका शाहको बाँकी अनुसन्धन तनहुँमै हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ चैत २ गते बुधबार ०१:०६
प्रतिक्रियाहरु