लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका उनले बाजी मारेका हुन् ।
उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । दर्शकले दिएको मतका आधारमा आइडल छानिएको हो ।
भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।
प्रकाशित मिति २०७८ चैत ६ गते आईतबार १२:०५