प्रशान्त तामाङले लिएर आए “आगो पिएर बाँच्ने” भिडियो सहित

प्रशान्त तामाङले लिएर आए “आगो पिएर बाँच्ने” भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ १९ गते सोमबार १०:२८

काठमाडौं ।-: चर्चित गायक तथा नायक प्रशान्त तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत ‘आगो पिएर बाँच्ने विवश मेरो कथा छ बोलको आधुनिक गीत सार्वजनिक भएको हो । गीतमा चर्चित गायक/ संगीतकार तथा निर्देशक...

काठमाडौं ।-: चर्चित गायक तथा नायक प्रशान्त तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत ‘आगो पिएर बाँच्ने विवश मेरो कथा छ बोलको आधुनिक गीत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायक/ संगीतकार तथा निर्देशक नारायण रायमाझीले संगीत भरेका छन् । शब्द जीवनाथ धमलको रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

छायांकन/सम्पादन/कलर मिराज अर्यालको रहेका छ । यस गीतको पहिलो गायन लक्ष्मी सिर्जन बजगाईको रहेको छन् । गीतले नेपालीको पिर-व्यथालाई उतारेको छ ।

गाँस, बास र कपासको खोजीमा भौंतारिरहेका थुप्रै नेपालीको शैक्षिक, आर्थिक तथा सामाजिक अवस्था टिठलाग्दो अवस्थाबाटै गुज्रिएको बेला सत्ता प्राप्तिको भर्‍याङ मात्रै बनाउन पल्केका राजनीतिक दलका नेतालाई यस गीतले सन्देश दिन खोजेको छ ।

प्रकाशित मिति २०७७ माघ १९ गते सोमबार १०:२८
प्रतिक्रियाहरु