मुकेश कटुवाल,काठमाडौं -: नेपाली गीत सांगीतिक क्षेत्रका विविध गतिविधिमा संलग्न रहँदै आएको यमन इन्टरटेन्टमेन्ट प्रा.लि.ले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुवेदीलाई सम्मान गर्ने भएको छ ।
भोली २४ गते शुक्रबार काठमाडौंको रातोपुलमा अवस्थित एक क्याफेमा विशेष समारोहको आयोजना गरी धमला र सुवेदीलाई सम्मान गर्न लागेको हो ।
प्रा.लि.का सञ्चालक गायक तथा संगीतकार ताराबीर पाण्डेले दिएको जानकारी अनुसार उक्त समारोहमा निर्मला थपलियाको सपनाको संसार नामक गीति एल्बम तथा प्रमोद खरेल र प्रविशा अधिकारीले गाएको आमा बोलको भिडियोको विमोचन गरिनेछ उक्त भिडियो भने OSR Digital youtube च्यानल देखि उप्लोड गरिने छ। कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार अमर वान्तु रहेको जानकारी पाण्डेले दिए ।

उनका अनुसार मानिसको वास्तविक जीवनलाई आधार बनाएर निर्माण गरिएको मर्मस्पर्शी भिडियो उक्त समारोहमा विमोचन हुनेछ । उक्त गीतमा निर्मला थपलियाको शब्द पाण्डे स्वयम्को संगीत तथा प्रमोद खरेल को स्वर रहेको छ भने अशोक थापाले संगीत संयोजन गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईं र निर्देशन स्वयम् ताराबीर पाण्डे ले गरेका छन् । यस भिडियोमा सरिता लामिछाने, एलेक्स खड्का, ड्रीम दुलाल, मौसम खड्का र सरु पुरीले अभिनय गरेका छन्
प्रकाशित मिति २०७९ भदौ २३ गते बिहिबार ०९:११