प्रचण्डको दबाबमा ‘क्लीन चिट’ दिएको भन्दै रवि लामिछानेलाई फेरी अर्को उजुरी

प्रचण्डको दबाबमा ‘क्लीन चिट’ दिएको भन्दै  रवि लामिछानेलाई फेरी अर्को उजुरी

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत १० गते शुक्रबार ०६:१८

अमेरिकी नागरिकता कायम हुँदाहुँदै लामिछानेले नेपाल सरकारलाई गुमराहमा राखेर राहदानी लिएकाले अनुसन्धान गर्न माग गरेर युवराज पौडेल सफलले उजुरी दिएका हुन्। महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ मा लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा...

अमेरिकी नागरिकता कायम हुँदाहुँदै लामिछानेले नेपाल सरकारलाई गुमराहमा राखेर राहदानी लिएकाले अनुसन्धान गर्न माग गरेर युवराज पौडेल सफलले उजुरी दिएका हुन्।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ मा लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेकै दिन पौडेलले अख्तियारमा उजुरी दिएका हुन्।

यथेष्ट प्रमाण हुँदाहुँदै लामिछानेलाई पक्राउ समेत नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा उम्काउन खोजिएको उजुरीमा उल्लेख छ।

निवेदक पौडेलले भनेका छन्, “जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने, उच्च सरकारी वकील कार्यालय पाटन ललितपुरका कार्यालय प्रमुख कृष्णमोहन कोइराला र महान्यायाधिवक्ता कार्यालयका प्रमुख दिनमणि पोखरेलले समेत आफ्नो पदीय दायित्व

एवं अख्तियारीको दुरुपयोग गरी राहदानी दुरुपयोग कसूरको कसूरदार रवि लामिछानेको मुद्दामा क्लीन चिट दिने निर्णय गरेकाले निजहरूबाट सम्बन्धित सकल फाइल झिकाई तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाउन माननीय प्रमुख आयुक्तज्यू समक्ष यो निवेदन पेश गरेको छु।

 

 

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०६:१८
प्रतिक्रियाहरु