रित्तियो स्वतन्त्रको अखडा, लामो कारण लेख्दै रबीको लागि ज्यान दिन्छु भन्ने धर्मेन्द्रसहित हजारौंद्वारा पार्टी परित्याग !

रित्तियो स्वतन्त्रको अखडा, लामो कारण लेख्दै रबीको लागि ज्यान दिन्छु भन्ने धर्मेन्द्रसहित हजारौंद्वारा पार्टी परित्याग !

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत २८ गते मङ्गलबार ०३:०६

रास्वपाका चितवन जिल्ला सभापतिद्वारा पार्टी परित्याग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएकाे नेपाल प्रेससँग पुष्टि गरे ।...

रास्वपाका चितवन जिल्ला सभापतिद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएकाे नेपाल प्रेससँग पुष्टि गरे । पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

राणा शासन जस्तो गरी पार्टीलाई अगाडि बढाउन खोजिएको उनको गुनासो छ । पार्टीमा बोल्ने अधिकारसमेत नदिइएको सापकोटाको भनाइ छ ।

जनताको अभिमतलाई बेवास्ता गरिएकोसमेत बताउँदै आफूले राजीनामा दिएको सापकोटाले बताए । आफू अब स्वतन्त्र रहेको पनि उनले जनाए ।

सापकोटाले चितवन २ बाट केन्द्रीय अध्यक्ष रवि लामिछानेलाई जिताउन भूमिका खेलेका थए ।फेरिँदै पहाडका थारू समुदायको जनजीवन

पहिलेभन्दा अहिलेका थारुहरु आत्मनिर्भर बन्दै गएका छन् । उनीहरुको व्यवसाय, कृषि, शिक्षा र वैदेशिक रोजगारप्रतिको धारणामा परिवर्तन आएको छ ।

सुर्खेत — २०२२ सालअघि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा थारू समुदायमात्रै बस्थे । औल लाग्ने डरले अरू जातिका मानिस दिनभरि काम गरेर राति गोठीकाँडा फर्किन्थे भने थारूहरूले मात्रै उपत्यका कुर्थे । अहिले पनि नगरपालिकाभित्र झन्डै ३५ गाउँमा थारूहरूको बस्ती छ ।

कर्णालीमा थारू समुदायको बसोबास रहेको एक्लो जिल्ला सुर्खेत हो । विसं. १९७५ मा दासप्रथा सहन नसकेर पश्चिम दाङबाट सुर्खेत सरेको थारू अगुवा लीलाधर थारूले बताए । उनका अनुसार पहाडका थारूहरूमा पछिल्लो समय धेरै परिवर्तन भएको छ । खरले छाएका माटाका घर हुने उनीहरू पछिल्लो समय पक्की घरमा आकर्षित भएका छन् ।

‘अहिले थारू बस्तीमा परम्परागत घर देख्नै मुस्किल छ,’ लाटीकोइलीका नवीन महतराले भने, ‘अहिले थारू समुदायका धेरै युवाहरू विदेश गएका छन्, उनीहरूले कमाएको पैसाले पक्की घर बनाउने चलन बढ्यो ।’ उनका अनुसार अधिकांशले सुंगुर–बंगुर पाल्न छोडेका छन् । लगाउने रहनसहन पनि परिवर्तन हुँदै गएको उनले बताए । लगौटी र फरियामा देखिने थारूहरूले आधुनिक पहिरन लगाउँदा उनीहरूलाई छुट्याउनै मुस्किल भइसक्यो ।

युवापुस्ता आधुनिकतातिर लागेको वीरेन्द्रनगर–३ की रेक्कुमाया चौधरीले बताइन् । ‘नयाँ पुस्ताले गर्दा मौलिकता हराउँदै जाने हो कि भन्ने चिन्ता लाग्छ । तर पहिलाको दासत्व सम्झँदा त यो ठिकै पनि लाग्छ,’ उनले भनिन्, ‘सबै नेपाली भाषा मात्र बोल्न थाले, थारूका गीत चाडवाडमा मात्र सुनिन्छन् ।

गैरसमुदायसँगको हेलमेलले युवापुस्ताले आफ्ना भाषा बिर्सिंदै गएको र रुचि नदेखाएको उनको भनाइ छ । तर पहिलेभन्दा अहिलेका थारूहरू आत्मनिर्भर बन्दै गएकाले उनी खुसी छिन् । उनका अनुसार थारूहरूमा चेतना बढ्दै गएपछि व्यवसाय, कृषि, शिक्षा र वैदेशिक रोजगारलगायतमा सकारात्मक परिवर्तन आएको छ । ७७ वर्षीया कुकुराम थारूले बाल्यकाल र अहिलेको अवस्था देख्दा आफैं चकित भएको बताए ।

‘हाम्रा पालामा काम गरेर पेटभरि खान पाउने अवस्था थिएन, अहिलेका हाम्रा केटाकेटी एक दिनमा काम गरेर हप्तादिन पुग्ने खर्च जुटाउन सक्ने भएका छन्,’ उनले भने, ‘मन लागेको खाएका छन्, मन लागेको गरेका छन् ।’ उनले झन्डै ४० वर्ष सुर्खेतकै जमिन्दारको जग्गामा खेती गरे । तर अहिलेसम्म आफ्नो नाममा एक टुक्रा जमिन पनि नभएकोमा उनी गुनासो गर्छन् ।

 

प्रकाशित मिति २०७९ चैत २८ गते मङ्गलबार ०३:०६
प्रतिक्रियाहरु