जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप यो चुनाब फेरी गर्नु पर्ने माग

जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप यो चुनाब फेरी गर्नु पर्ने माग

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख १० गते आईतबार १२:१५

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।बारा क्षेत्र न. २ मा  भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् । उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।बारा क्षेत्र न. २ मा  भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् ।

उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ ।

जनमतले शनिबार नै बुथ कब्जा हुनेबारे जानकारी पाएको पनि जनाएको थियो । सोबारे प्रहरीलाई जानकारी दिँदा कुनै सुनुवाइ नभएको बताइएको थियो । यद्यपि उता प्रहरी प्रशासनले भने बुथ कब्जा नभएको जनाएको छ ।

रास्वपा र एमालेका उम्मेदवारले चितवनका चितवन क्षेत्र नम्बर २ मा भइरहेको निर्वाचनमा आफूलाई मतदान गर्न पाएनन् ।

यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका रविले पनि आज आँफैलाई मतदान गर्न नपाएका हुन् । त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन् ।

रवि लामिछाने सो क्षेत्रको मतदाता नरहेकाले मतदान गर्न नपाएका हुन् । त्यस्तै न्यौपानेको मतदाता नामावलीमा नाम नै नभएकाले मतदान गर्न नपाएका हुन् ।  उता नेपाली काँग्रेसका उम्मेदजार जीतनारायण श्रेष्ठले भने आफूलाई मतदान गरिसकेका छन् ।

प्रकाशित मिति २०८० बैशाख १० गते आईतबार १२:१५
प्रतिक्रियाहरु