काठमाडौं -: भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् '। उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त...
काठमाडौं -: भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् ‘। उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त भएको हो ।
डा. भट्टराई हालै आफ्नो स्वास्थ्य उपचारका सिलसिलामा नयाँ दिल्ली पुगेका थिए । त्यहाँ बसाइका क्रममा उनले इन्डिया टुडेलाई हिन्दीमा दिएको अन्तरवार्ता अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनिरहेको छ । अन्तर्वार्ताकारले नेपालमा नयाँ नक्सा सार्वजनिक गरिएको विषयलाई लिएर प्रश्न गरेकी थिइन्’ ।
उनले प्रश्न यस्तो थियो, ‘हालै नेपालमा नक्साको विवाद भयो, तपाईंलाई के लाग्छ ओलीले संसदबाट नक्सा पास गर्न हतार गरे ? के उनले प्रतिक्षा गर्नुपथ्यो र भारतसित कुराकानी गर्नुपर्थ्यो कि राष्ट्रवादको झण्डा फहराउनुपर्थ्यो’ ?
यसमा डा. भट्टराईले अनपेक्षित जवाफ दिए । नयाँ नक्साको बचाउ गर्नुको सट्टा उनले यसलाई नेपालको आन्तरिक राजनीतिको उपजका रुपमा व्याख्या गरे । देशभित्रको आन्तरिक संकट समाधान गर्न नसकेपछि राष्ट्रियताको विषय ल्याइएको उनको टिप्पणी छ ।
डा. भट्टराईको जवाफ जस्ताको तस्तैः
दक्षिण एसियाका धेरै देशहरूमा यस्तो हुन्छ ‘। जब आन्तरिक संकट उत्पन्न हुन्छ, त्यसलाई समाधान गर्न नसकेपछि शासकले राष्ट्रियताको विषय अगाडि ल्याउँछन् र मानिसहरूको ध्यान मोड्छन् । नेपालमा पनि यस्तै भयो । जुन सीमा समस्याको कुरा छ, त्यो त अंग्रेजको जमानादेखि नै थियो । त्यसलाई समाधान गर्नका लगि राजनीतिक संयन्त्र बनाइएको थियो, त्यसलाई क्रियाशील गर्दै समाधान गर्नुपर्ने थियो । गल्ती त दुवैतर्फबाट भएको छ’ ।
तर, पनि सानो देश भएकाले ज्यादा नोक्सान नेपाललाई भइरहेको छ । इन्डिया नेपालको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । हाम्रो आर्थिक समाजिक सम्बन्ध छ ।’ उसित सम्बन्ध बिग्रिँदा नेपाली जनताले धेरै नोक्सानी व्यहोर्नुपर्छ । हामी चाहन्छौं, यस्ता संवेदशील कुराहरुलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ’ ।
स्मरणीय के छ भने नयाँ नक्सासहितको निशान छाप नेपालको संसदबाट पारित गर्न संविधान संसोधन हुँदा डा. भट्टराईले पनि समर्थन जनाएका थिए । यति मात्रै होइन, उक्त संशोधनको विपक्षमा बोल्ने र फरक प्रस्ताव गर्ने सांसद सरीता गिरीलाई उनको पार्टीले पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारवाही गरेको थियो’ । त्यतिबेला डा. भट्टराईले कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन् । तर, भारत पुगेर त्यहाँको मिडियासँग नयाँ नक्साप्रति असन्तुष्टि जनाउनु अर्थपूर्ण मानिएको छ ।
भट्टराईले भारत बसाईमा आफूले व्यक्तिगत सम्वन्ध रहेका साथीभाइहरुसँग अनौपचारिक संवाद गरेको अन्तरवार्तामा बताए । औपचारिक कुराकानी भने कसैसँग नगरेको उनको भनाइ छ ।
नेपाल फर्किएलगत्तै डा. भट्टराईले चाँडै चुनावी सरकार निर्माण हुनुपर्ने वकालत गरेका छन् । उनले ट्वीटरमार्फत राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न आह्वान गरेका हुन्’ । उनले संविधान संशोधन गर्नुपर्नेलगायत विभिन्न मागहरु पनि अघि सारेका छन् । नेपाल प्रेसबाट
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७