दुबई, १३ चैत -: दुबईको सहबाब अल अलि दुबई क्लबमा हुने तेश्रो फज्जा दुबई पारा ब्याडमिन्टन इन्टरनेसनल–२०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
दुबई पारा ब्याडमिन्टन संघद्वारा आयोजित खेल प्रतिस्पर्धामा सहभागीता जनाउन नेपालतर्फबाट प्रकाश अधिकारी त्यसतर्फ प्रस्थान गरेका छन् । उनललाई नेपाल ब्याडमिन्टन संघले कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ’ ।
भोलि शनिबार १४ देखि देखि २३ सम्म खेल प्रतिस्पर्धा हुनेछ । ‘पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।
ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामानै सहभागिता जनाउँदै स्तरियता प्रदर्शन गर्दै आईरहेका खेलाडीसमेत हुन्’ ।
खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा ब्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफुलाई सक्षम बनाउनु पर्ने बताएका छन् ।’ खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने उनले बताए ‘।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएउनमा नेपाल ब्याडमिन्टन संघ, राखेपको विशेष पहल रहेको बताएका छन् । उनका अनुसार संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको छ’ ।
दक्षिण एसियाली पारा ब्याडमिन्टन संघका अध्यक्षसमेत रहेका श्रेष्ठले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को बिधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षणपश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निक्र्यौल हुने बताएका छन् ‘।
यसका साथै, अध्यक्ष श्रेष्ठले खेलाडीलाई अनुशासित भइ प्रतियोगिता खेल्न सुझाव पनि दिनुभएको छ ।’ पहिलो पटक सहभागिता भएको नेपालले अहिले देखाएको कौशलता र अनुशासनले भोलिका दिनमा अरु खेलाडीहरुका लागि समेत बाटो खुल्ने उनले बताए ।
विदाइ कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तराष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापालगायतको उपस्थिती रहेको थियो’ ।
प्रकाशित मिति २०७७ चैत १३ गते शुक्रबार ०२:२९