प्रेस बिज्ञप्ती
युएइ – विवेकशील र साझा पार्टी बिच भएको एकीकरणको मर्म र भावना अनुरुप साँगठनिक संरचनाहरुको समायोजन तथा विस्तार कार्य तीव्रता का साथ अघि बढीरहेको अवस्थामा युएईमा पनि समितिको समायोजन सम्पन्न भएको छ’।

आइतबार एक भर्चुअल कार्यक्रम गरि उक्त समायोजित समितीको घोषणा गरिएको थियो’। उक्त कार्यक्रममा पार्टीका संघीय सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख निर्देश सिलवाल, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, पुर्व साझाका मध्यपुर्व संयोजक सन्तोष केसी र पुर्व साझाका युरोप महादेशीय संयोजक एस के श्रेष्ठ समेतको उपस्थिति रहेको थियो’।
नवराज कार्की संयोजक र शिवदत्त ज्ञवाली सह संयोजक रहेको २१ सदस्यीय नवगठित समितीलाई अतिथिहरुले शुभकामना दिनुभएको थियो। त्यस्तै द्रोण जंग श्रेष्ठ प्रमुख सल्लाहकार रहेको ३ ‘सदस्यीय सल्लाहकार समिती बनेको छ
भने पुर्व साझाका संयोजक बच्चु राउत लाई निवर्तमान संयोजक भनी सम्बोधन गरिएको छ।’ कार्यक्रममा बोल्दै संयोजक कार्कीले सबै बाट साथ सहयोग हुने र संगठन अझ परिस्कृत हुँदै सशक्त कार्यक्रमहरु गर्दै जानेमा विस्वास ब्यक्त गर्नुभयो। ‘संगठन विस्तार तीव्रता का साथ अघि बढेको जानकारी दिदै संगठन बिभाग प्रमुख सिलवालले पार्टीको महाधिवेशन समयमै हुने बताउनु भएको थियो।
सचीव- खिमानन्द पान्डे,विवेकशील साझा सद्भाव युएई
प्रकाशित मिति २०७७ चैत २४ गते मङ्गलबार १२:३९