काठमाडौँ, २४ मंसिर -: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणको लागि आफु प्रधानमन्त्री भएदेखी नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गर्दै भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका अवसरमा दिनुभएको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सुशासनको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दिशामा आआफ्नो स्थानबाट जागरुक भूमिका निर्वाह गर्न हामी सबैलाई यस दिवसले थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
भ्रष्टाचारलाई विश्वव्यापी रुपमा दण्डनीय अपराध बनाउने मूल उद्देश्यका साथ सन् २००३ मा पारित महासन्धिको नेपाल फरवरी २०११ देखि नै पक्ष राष्ट्र बनिसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महासन्धिको पक्ष राष्ट्र बनेपछि यसको कार्यान्वयन गर्न राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ ।
प्रकाशित मिति २०७७ मङ्सिर २४ गते बुधबार ११:५०