काठमाडौं -: नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रमा सबैभन्दा कमजोर भएका छन् ।' शनिबार सम्पन्न बूढानीलकण्ठ नगरपालिकामा देउवा पक्षको प्यानल कमजोर देखिएको छ । देउवा पक्षबाट क्षेत्र नम्बर – ४ का सभापति राजु श्रेष्ठको...
काठमाडौं -: नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रमा सबैभन्दा कमजोर भएका छन् ।’ शनिबार सम्पन्न बूढानीलकण्ठ नगरपालिकामा देउवा पक्षको प्यानल कमजोर देखिएको छ । देउवा पक्षबाट क्षेत्र नम्बर – ४ का सभापति राजु श्रेष्ठको प्यानलले सबैभन्दा कम मत पाएको छ ।
श्रेष्ठले बूढानीलकण्ठको पालिका अधिवेशनमा देउवा पक्ष राजु विक्रम थापाको नेतृत्वमा प्यानल खडा गरेका थिए ‘। उनी यसअघि नेता प्रकाशमान सिंह निकट रहेपनि अन्तिम समयमा आएर देउवा पक्षमा लागेर उनले अर्को प्यानल गरेका हुन् ।
उक्त प्यानलबाट उम्मेवदवार बनेका राजु विक्रम थापाले स्वतन्त्र उम्मेदवारभन्दा कम मत पाएका हुन् ।’ उनले जम्मा ४८ मत पाएका छन् । जबकी कुनै पक्षको सहयाता नलिई स्वतन्त्र उम्मेदवार बनेका राजन बुढाथोकीले सभापतिमा ६८ मत पाएका छन् ।
उता प्यानल नै विजयी भएको प्रकाशमान सिंह र गगनकुृमार थापाको समूहबाट उम्मेदवारी दिएका राजाराम बुढाथोकीले भने १५५ मत ल्याएका छन् ।’ त्यस्तै राजारामसँगै उनकै प्यानलमा उम्मेदवारी दिएका उपसभापतिका उम्मेदवार सम्भु थापा र सानुकान्छा श्रेष्ठ, सचिवका उम्मेदवार विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी, सहसचिवका उम्मेदवार कुमार खड्का र निर्मला आचार्य पौडेल विजयी भए’।
त्यस्तै सदस्यहरूमा भने यसअघि सर्वसम्मति गर्दा देउवा पक्षका सदस्यहरूलाई पनि पठाइएको छ। सभापति देउवासँगै बूढानीलकण्ठ युवा नेता गगनकुमार थापाको पनि क्षेत्र हो ‘।
नगर शनिबारको नगर अधिवेशनलाई हेर्दा मुख्यगरी काँग्रेस भित्रकै युवा नेता थापा र सभापनि देउवाबीचको प्रतिस्पर्धा जसरी हेरिएको थियो । यसम नेता थापालाई अर्का नेता प्रकाशमान सिंहको पनि साथ थियो । र सिंह र थापाको समूह प्यानल नै विजयी भएको हो ‘।
बूढानीलकण्ठमा प्रकाशमान–गगन प्यानलसँग अन्य कुनै पनि टीमले प्रतिस्पर्धा गर्न नसक्ने उक्त क्षेत्रका नेताहरुले प्रतिकृया दिएका छन् । अहिलेको नतिजा पनि देउवा पक्षले अरु समूहसँग मिलेकाले आएको क्षेत्र नम्बर ४ का नेपाली काँग्रेस सांसद न्हुच्छेनारायण श्रेष्ठले प्रतिकृया दिए ।
‘अरुसँग नमिलेको अवस्थामा देउवा पक्ष अझै सानो आकारमा खुम्चिने थियो’ उनले भने । उता देउवा देउवा पक्षमा लागेर प्यानल खडा गर्ने क्षेत्र नम्बर ४ का सभापति राजुराज श्रेष्ठ पनि अघिल्लो महाधिवेशनमा प्रकाश’मान प्यानलमै रहेर विजयी भएको नेताहरुको भनाइ छ’ ।उता देउवा पक्षले भने श्रेष्ठको विश्वास गर्दा हारको स्थिती आएको प्रतिकृया दिएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७