सबैको मृत्यु हुँदा क्याप्टेन वरुण सिंह बाँचे कसरि ? जो यस्तो अवस्थामा फेला परेका थिए

सबैको मृत्यु हुँदा क्याप्टेन वरुण सिंह बाँचे कसरि ? जो यस्तो अवस्थामा फेला परेका थिए

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २३ गते बिहिबार १०:५१

भारतीय सेना प्रमुख बिपिन रावत र उनकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ । बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना...

भारतीय सेना प्रमुख बिपिन रावत र उनकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानविनको आदेश भएपनि सिडीएस रावत, उहाँकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनामाबारे सरकारले बिहीबार संसदलाई जानकारी गराउने बताइएको छ ।

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो ।यसैबीच रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरु सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ ।

यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताएका छन् । प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

दुर्घटनाग्रस्त हलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।

दुर्घटनामा सिडीएस जनरल रावत र उहाँकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल÷एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानविन गर्न निर्देशन दिएको छ ।

यस दुर्घटनामा समूह क्याप्टेन वरुण सिंह मात्र बाँचेका छन्, जसलाई घाइते अवस्थामा वेलिंग्टनको सैन्य अस्पतालमा भर्ना गरिएको छ। भारतीय वायुसेनाका अनुसार सैनिक हेलिकप्टर दुर्घटनामा घाइते भएका भारतीय वायुसेनाका समूह क्याप्टेन वरुण सिंह डिफेन्स सर्भिस स्टाफ कलेज, वेलिंग्टन (निलगिरी हिल्स) मा निर्देशक कर्मचारी हुन्।

रिपोर्टहरु अनुसार, २०२० मा हवाई आपतकालमा वरुण सिंह शौर्य चक्र प्रदान गरिएको थियो। यस वर्षको स्वतन्त्रता दिवसमा यो यिनै कप्तानलाई सम्मान प्रदान गरिएको थियो ।

भारतीय वायुसेनाका अनुसार सीडीएस रावत बुधवार वेलिंग्टन स्थित भ्रमणका लागि स्टाफ कोर्सका प्राध्यापक र विद्यार्थीहरूलाई सम्बोधन गर्न गएका थिए। यसैबीच, दिउँसो IAF को Mi17 V5 हेलिकप्टर तमिलनाडुको कुन्नूर नजिक दुर्घटना भयो। लाइभ टिभी

प्रकाशित मिति २०७८ मङ्सिर २३ गते बिहिबार १०:५१
प्रतिक्रियाहरु