युक्रेनी राष्ट्रपति जेलेन्स्की निराश हुदै देश छाडेर भागे !

युक्रेनी राष्ट्रपति जेलेन्स्की निराश हुदै देश छाडेर भागे !

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण २१ गते शनिवार १२:३९

काठमाडौं -: रुसी सेनाले युक्रेनमाथि शैनिक हमला सुरु गरेको शुक्रवार ९ दिन पुगेको छ। युद्धको नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको समाचारहरु प्रकाशित हुन थालेका छन् । तर, यी समाचारहरु रुसी सञ्चार...

काठमाडौं -: रुसी सेनाले युक्रेनमाथि शैनिक हमला सुरु गरेको शुक्रवार ९ दिन पुगेको छ। युद्धको नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको समाचारहरु प्रकाशित हुन थालेका छन् ।

तर, यी समाचारहरु रुसी सञ्चार माद्यमले प्रकाशित गरिरहेका छन् ।रुसी सञ्चारमाध्यमहरूले उनी भागेर पोल्यान्ड पुगेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई दिन पहिलामात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे जेलेन्स्कीलाई एयरलिफ्ट गरिने बताएका थिए । तर, जेलेन्स्कीले अन्तिमसम्म लड्ने र अमेरिका नजाने बताएका थिए ।

उनी लगातार सामाजिक सञ्चाल मार्फत भिडियो म्यासेजहरु सार्वजनिक गरिरहेका थिए ।यसैबीच शुक्रबार रुसी सेनाले युरोपकै ठूलो न्युक्लियर पावर प्लान्टमा पनि कब्जा गरेको जनाइएको छ ।

युक्रेनले राजधानी किभबाट करिब ४८ किलोमिटर पर रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको गोली हानी हत्या गरिदिएका छन्।

युद्धबीच सुखोवत्स्कीको हत्या रुसका लागि ठूलो झट्का मानिएको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि गरेको छैन।

रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए।उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए। उनले एक सैन्य एकाडेमीमा उत्तीर्ण भएपछि प्लाटुन कमान्डरका रुपमा सेवा सुरु गरेका थिए।

अहिले उनी रूसी सेन्ट्रल फोर्सको ४१ औँ बटालियनका डेपुटी कमाण्डर पदमा तैनाथ थिए।युक्रेनमा हमलाको ९ दिन बित्दा रुसका ४९० बढी सेना मारिएका छन्। रूसी रक्षा मन्त्रालयले बिहीबार ४९८ सैनिक मारिएको पुष्टि गरेको थियो।

उता युक्रेनी सञ्चारमाध्यमले भने रुसका ९ हजार बढी सैनिक मारिएको दाबी गरेको छ। तर यसको स्वतन्त्र पुष्टि भएको छैन। अर्कतिर युक्रेनका २८ सय सैनिक मारिएको बताइएको छ।

अहिले रूसी सेनाले युक्रेनको राजधानी किभसहित कयौँ स्थानलाई घेराबन्दी गरेको छ। खेर्सान सहर कब्जा गरेको छ भने खार्किभ पनि नियन्त्रण नजिक पुगेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार रुस अब ब्ल्याक सागर नजिक रहेको माइकोलोभ शहरमाथि आक्रमण तयारीमा छ। यहाँको एक कोस्टगार्ड रूसी सेनाको निशानामा छ। –एजेन्सीको सहयोगमा

जेलेस्कीको ‘वान टु वान’ वार्ता प्रस्तावमा पुटिनले दिए कडा प्रतिक्रिया

एजेन्सी । युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘वान टु वान’ वार्ताको प्रस्ताव गरेका छन् । मानवीय सङ्कट गहिरिँदै गएको र संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने भन्दै जेलेस्कीले पुटिनलाई वर्ताको अह्वन गरेका हुन् ।

उत्व प्रस्तावको जवाफ दिँदै पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन् ।

रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

यसैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले प्रगति न्यून रहेको छ । सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन् ।त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए ।

पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्‍याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो । अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन् ।

 

प्रकाशित मिति २०७८ फाल्गुण २१ गते शनिवार १२:३९
प्रतिक्रियाहरु