एजेन्सी -: युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की देश छोडेर भागेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको नबौं दिनमा जेलेन्स्की देश छोडेर भागेका हुन् । उनी युक्रोनबाट भागेको २४ घण्टापछि अमेरिकाको सम्पर्कमा आएका छन् ।
उनी राजधानी किभको बंकरबाट निस्किएर पोल्याण्डस्थित अमेरिकी दुतावासको सम्पर्कमा पुगेका हुन् । यो दाबी रूसी
सञ्चारमाध्यम स्पुतनिकले गरेको हो । युक्रेनका विपक्षी सांसद इल्या किभालाई उद्धृत गर्दै स्पुतनिकले जनाए अनुसार पोल्याण्ड पुगेका जेलेन्स्कीले त्यहाँस्थित अमेरिकी दूतावासमा शरण लिएका छन् ।
यो समाचार अमेरिकी राष्ट्रपति जो बिडेनले सार्वजनिक रूप जेलेन्स्कीले चाहेमा युक्रेनबाट एयरलिफ्ट गरिदिने बताएको दुई दिनपछि आएको हो । तर जेलेन्स्कीले यसअघि कुनै पनि मूल्यमा आफ्नो देश नछाड्ने बताएका थिए।
तर शुक्रबार जेलेन्स्की सीआईएको सहयोगमा पोल्याण्ड पुगे या अन्य उपाय अपनाए भन्ने रुसले केही खुलाएको छैन। यता रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नवौं दिन
हो। यो युद्धमार्फत् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको सत्ता ढाल्न चाहन्छन् र आफूले भनेको मान्ने मान्छेलाई युक्रेनको राष्ट्रपति बनाउने उनको लक्ष्य छ।
त्यही लक्ष्यका साथ युद्ध सुरू भएको दुई दिनमै रूसी सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ अघि बढेका थिए। आकाशबाट किएभका विभिन्न ठाउँमा मिसाइल हानेको रूसले जमिनबाट पनि ठूलो मात्रामा सैनिक पठाउन लागेको थियो।
स्याटेलाइटबाट लिइएको तस्बिरमा रूसी सैनिकका गाडीको दर्जनौं किलोमिटर लामो लावालस्कर किएभतिर अघि बढिरहेको देखिएको थियो। उत्तरमा प्रिबिस्कदेखि दक्षिणमा एन्टोनोभ विमानस्थल नजिकैसम्म झन्डै ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्कर झन्डै एक सातासम्म रोकिएको छ।
त्यो लावालस्कर रोकिनुका पछाडिको कारण के हो भन्नेबारे अहिले चर्चा भइरहेको छ। रूसी सैनिक गाडीको लावालस्कर अघि बढ्न नसकेपछि यसको तत्कालीन र दीर्घकालीन असर
के हुन सक्छ प्रश्न उठेका छन्। समाचार संस्था एपीका अनुसार रूसी आपूर्ति ट्रक, सैनिक र हतियारको विस्तार खाद्यान्न र इन्धनको अभावसँगै हिलो बाटो र मौसमको चुनौती झेलिरहेको छ।
युक्रेनी सैनिकले लावालस्करको सुरूमा रहेका केही गाडीमा आक्रमण गरेर काम नलाग्ने बनाउन सफल भएका छन्। त्यसका लागि उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टीट्यांक मिसाइल प्रयोग गरेका छन्। अगाडिका गाडी ध्वस्त भएर रोडब्लक हुँदा पछाडिका गाडीलाई अघि बढ्न बाटो मिलेको छैन। source: motivatenews
प्रकाशित मिति २०७८ फाल्गुण २१ गते शनिवार १०:३९